ad ad

कारोबार


राहतको माग गर्दै पर्यटन मजदुर आन्दोलित

राहतको माग गर्दै पर्यटन मजदुर आन्दोलित

नेपालखबर
असोज ६, २०७७ मंगलबार ८:४९,

कोभिड १९का कारण रोजगारी गुमाएका पर्यटन मजदुरहरुले तत्काल राहत उपलब्ध नगराए आन्दोलन गर्ने बताएका छन्।

पर्यटन सेवा समाज नेपाल र पर्यटन मजदुर संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी केही दिन भित्रमा पर्यटन मजदुरका लागि राहत उपलब्ध नगराए कडा आन्दोलन गर्ने बताएको हो।

संघर्ष समितिका संयोजक प्रकाश घायल राईले लकडाउनका कारण लामो समयदेखि श्रम गर्न नपाउँदा भौकै मर्ने स्थिति आएकाले सरकारसँग सहयोग मागेको तर अहिलेसम्म सुनुवाई नभएकाले आन्दोलन गर्नुपर्ने स्थितिमा आफूहरु पुगेको बताए।

उनले तत्काल ‘मजदुर कल्याणकारी कोष’को रकमबाट आफूहरुलाई राहत दिनुपर्ने माग समेत गरे। धेरैपटक पर्यटन बोर्ड, पर्यटन विभाग र टानसँग आफ्ना समस्या राख्दा समेत सुनुवाई नभएको उनले बताए।

आफूहरुले ५ वर्ष यता मजदुर कल्याणकारी कोषमा जम्मा गर्दै आएको रकम १५ करोड रुपैयाँ पुगेको तर त्यही रकम मजदुरको हितमा खर्च गर्न समेत सरकारी निकायहरुले नमानेको उनले बताए।

आफैँले जम्मा गरेको रकम ऋणको रुपमा समेत पाउन नसक्दा मजदुरहरु समस्यामा परेको उनको गुनासो छ। सरकारबाट लाइसेन्स प्राप्त २५ हजार मजदुरहरु अहिले समस्यामा परेकोले तत्काल राहत दिन माग गरे। अबको केही दिन भित्रमा राहत पाउन नभए सबै मजदुर सडकमा उत्रने स्थिति आउने बताए।

विपद्को बेलामा भोक लाग्यो भन्दा सरकारी निकायबाट सुनुवाई हुँदैन भने आफूहरु बैचारिक र भौतिक रुपमा आन्दोलनमा उत्रने र त्यसबाट दुर्घटना भए जिम्मेवारी सरकारले लिनुपर्ने राईको भनाई छ।

गत वर्षको चैत महिना यता कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गर्दा पर्यटन क्षेत्र ठप्प छ। जसका कारण हजारौंको संख्यामा रहेका पर्यटन मजदुरहरुको रोजगारी गुमेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .