ad ad

कारोबार


कानुनविपरीत सेयर बिक्री गर्ने हिमालयन डिस्टिलरीकी पूर्वसञ्चालक रहिसा शाह श्रेष्ठलाई कारबाही

कानुनविपरीत सेयर बिक्री गर्ने हिमालयन डिस्टिलरीकी पूर्वसञ्चालक रहिसा शाह श्रेष्ठलाई कारबाही

नेपालखबर
असोज ७, २०७७ बुधबार ११:२१,

हिमालयन डिस्टिलरीकी पूर्वसञ्चालक रहिसा शाह श्रेष्ठलाई धितोपत्र बोर्डले कारबाही गरेको छ।

गत चैतमा करिब २८ करोडबराबरको सेयर अनधिकृत रुपमा बिक्री गरेको भन्दै उनलाई ७५ हजार रुपैयाँ जरिवाना गरिएको हो। साथै श्रेष्ठलाई आगामी १० वर्षसम्म कुनै पनि सूचीकृत संस्थाको सञ्चालक बन्न पनि बोर्डले रोक लगाएको छ।

‘सूचीकृत संगठित संस्थाको सञ्चालकलाई गरिएको यो पहिलो कारबाही रहेको छ’, बोर्डले आज प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बोर्डले धितोपत्रसम्बन्धी कानुनको प्रबलीकरणलाई सशक्त बनाउँदै लैजाने क्रममा गरिएका यस्ता कारबाहीबाट धितोपत्रसम्बन्धी कसुरहरुको न्यूनीकरण भई दोस्रो बजार कारोबार थप स्वच्छ र पारदर्शी हुने र बजारका सम्बद्ध पक्षहरुले ऐन नियमको पालनातर्फ थप सजगता अपनाउने बोर्डको अपेक्षा रहेकोे छ।’

गलत ढंगले सेयर कारोबार गर्ने श्री इन्भेष्टमेन्ट प्रालि नामको ब्रोकर कम्पनीलाई पनि एक लाख ५० हजार रुपैयाँ जरिवाना गराएको बोर्डले जनाएको छ। २०७६ भदौ १८ गते राजीनामा दिएकी थिइन्।

उनको राजीनामालाई बोर्डले भदौ २५ गते स्वीकृति दिएको थियो। धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को परिच्छेद ९ को ३८ क अनुसार सञ्चालकहरुले राजीनामा गरेको एक वर्ष अवधिसम्म सेयर किनबेच गर्न नपाउने व्यवस्था छ।

तर श्रेष्ठले २०७६ चैत ६ गते ५३ नम्बर ब्रोकरबाट २ लाख १३ हजार एक सय ८३ कित्ता सेयर २७ करोड २६ लाख ९ हजार ८२ रुपैयाँमा बिक्री गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .