विक्रम सम्वत् १९९४ कात्तिक ३० गते लक्ष्मीपूजाको दिन स्थापना भएको नेपाल बैंकले आफ्नो ८४औँ वार्षिकोत्सवमा विभिन्न सेवा सुविधा निःशुल्क प्रदान गर्ने भएको छ।
बैंकले ग्राहकहरुको अटल विश्वास र भरोसाको उच्च कदर गर्दै यही कात्तिक १ गतेदेखि निक्षेप खाताहरुमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट एकाउन्ट, मेरो शेयर, सीआस्बा र भिसा डेबिट कार्ड निःशुल्क प्रदान गर्ने भएको हो।
साथै बैंकद्वारा ८४औं बार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरिनलागेको बैंकले जनाएको छ।
बैंकले ६४ जिल्लामा १९१ शाखा, १२६ एटएम तथा ३६ वटा एक्सटेन्सन काउण्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ।
18
Shares
प्रतिक्रिया