ad ad

कारोबार


क्लासिक टेकद्वारा बालिका सियोनाको उपचारका लागि १० लाख रुपैयाँ सहयोग

क्लासिक टेकद्वारा बालिका सियोनाको उपचारका लागि १० लाख रुपैयाँ सहयोग

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार ११:१३,

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राहीलाई आफ्नो व्यवसाय र इन्टरनेट सेवा प्रदान गर्नुका साथै समय समयमा सामाजिक उत्तरदायित्वको कामहरु समेत गरिरहेको छ।

सोही सन्दर्भमा क्लासिक टेकले हालै निकै दूलर्भ रोगबाट पीडित १३ महिने बालिकाको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरेको छ।

कम्पनीले निकै दूर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफी टाइप १ बाट पीडित रहेकी १३ महिनाकी सियोना श्रेष्ठको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

कम्पनीले उनको उपचारका लागि स्थापना गरिएको बैंक खातामा सिधै अनलाइन पेमेन्टमार्फत रकम प्रदान गरेको हो। सियोना श्रेष्ठको उपचारका लागि क्लासिक टेक र क्लासिक टेकका सम्पूर्ण कर्मचारीहरुले समेत आफूले सक्दो सहयोग प्रदान गरेका छन्।

क्लासिक टेकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत हरेक वर्ष विभिन्न कार्यक्रमका साथ रक्तदान कार्यक्रम समेत आयोजना गर्दै आएको छ।

यसअघि पनि ब्लड क्यान्सरबाट पीडित एक बालकको उपचारको लागि क्यान्सर अस्पताल हरिसिद्धिमा लगेर सम्पूर्ण खर्चसहित उपचार गराएको थियो। त्यसैगरि ती बालकको लागि थप सहयोग समेत जुटाएको थियो। यस पटक पनि कम्पनीले सामाजिक कार्यलाई निरन्तरता दिँदै सियोना श्रेष्ठको उपचारको लागि रकम सहयोग गरेको हो।

सियोनाको उपचारको लागि २० करोड रकम खर्च हुने अनुमानका साथ उनका आमा बुबाले विभिन्न फण्डिङमार्फत रकम संकलन गरिरहेका छन्। यसको लागि गोफण्डमी डट कम मार्फत रकम संकलन भईरहेको छ भने सिधै उनको नाममा खोलिएको बैंक खातामा समेत रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ। यसका साथै उनलाई आर्थिक सहयोग गर्न चाहनेले ईसेवाबाट समेत रकम पठाउन सक्नेछन्।

सहयोग हस्तान्तरणको बारेमा बोल्दै कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर बिनय अधिकारीले भने, ‘२० करोड सहयोगमा यो हाम्रो सानो रकमको सहयोग हो तर तपाईँ हाम्रो सानो सानो सहयोगले नानीको जिवन बचाउन सक्छ। हामीले हरेक वर्ष सामाजिक कार्यलाई अगाडि बढाईरहेका छौं। गत वर्ष क्यान्सर पीडित बालकलाई सहयोग गरेका थियौं भने यो वर्ष स्पाइनल मस्कुलर एट्रोफी टाइप १ बाट पीडित १३ महिने सियोना श्रेष्ठलाई सहयोग गरेका छौं। आगामी दिनमा पनि हामी सामाजिक कार्यमा सधैँ अगाडि बढेर काम गर्नेछौं।’ 

क्लासिक टेकले यति सहयोग बाहेक आधिकारीक सोशल मिडिया मार्फत सहयोगको अपिल समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .