ad ad

कारोबार


नबिल बैंक एडीबीको ‘नेपालमा अग्रणी पार्टनर बैंक’ अवार्डबाट सम्मानित

नबिल बैंक एडीबीको ‘नेपालमा अग्रणी पार्टनर बैंक’ अवार्डबाट सम्मानित

नेपालखबर
कात्तिक १२, २०७७ बुधबार ११:४९,

नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक–ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी) ले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिइएको छ।

एशियाली विकास बैंकको टीएससीएफपीद्वारा व्यापार बित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उदेश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्दछ। ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋण मार्फत बजारमा रहेका कठिनाइहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त गर्दछ।

एडीबी व्यापार वित्त कार्यक्रम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जून २०२० सम्म नेपालमा टीएससीएफपसँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११९ शाखा, १८५ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन्। नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .