ad ad

कारोबार


यातायात कार्यालयमा प्रदूषण कर तिर्ने र लाइसेन्स नवीकरण गर्नेको भीड (फोटोफिचर)

यातायात कार्यालयमा प्रदूषण कर तिर्ने र लाइसेन्स नवीकरण गर्नेको भीड (फोटोफिचर)

प्रविन कोइराला
कात्तिक २३, २०७७ आइतबार ११:१०,

कोभिड १९ का बीच पनि सरकारले अनलाइन सेवा उपलब्ध गराउन नसक्दा विभिन्न कार्यालयहरुमा कर तिर्नेको भीड लागेको छ।

लकडाउन तथा निषेधाज्ञाका कारण कात्तिक मसान्तसम्म कर नितिरे जरिवाना लाग्ने हुँदा यातायात कार्यालयमा भीड लागेको हो।

सबैभन्दा बढी राजस्व उठ्ने उपत्यकाका सवारी कार्यालयहरुमा कात्तिकपछि जारिवाना तिर्नुपर्ने डरले सेवाग्राही महामारीको समयमा भीडभाड गर्दै कर तिरिरहेका छन्।

उपत्यकामा कहिले लकडाउन त कहिले निषेधाज्ञा हुँदा सेवाग्राहीले लाइसेन्स, बिलबुक, प्रदूषण कर÷नवीकरणका लागि भीडभाड गरी काम गर्नुपर्ने अवस्था आएको हो।

license renew line 1

यातायात कार्यालयमा कर तिर्नेको मात्रै नभई नयाँ लाइसेन्स लिनेको समेत भीडभाड रहेको छ। यातायात व्यवस्था विभागले २ वर्षसम्म बाँकी रहेका स्मार्ट लाइसेन्स लकडाउनका बीचमा छापेको थियो । विभागले सम्बन्धित कार्यालयमा पठाएका स्मार्ट लाइसेन्स लिन पनि उस्तै भीड लाग्ने गरेको छ।

सरकारले डिजिटल युग सुरु भयो भने पनि यातायातका सबै काम भौतिकरुपमै उपस्थित भएरै गर्नुपर्ने बाध्यता रहेको छ। कोभिड १९ बढेको भन्दै दशैँ सुरु हुन नपाउँदै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका सरकारी सेवा बन्द गराएका थिए। त्यसअघि निषेधाज्ञा र लकडाउन थियो।

new licence line 1

कतिपय सेवाग्राहीले गत वर्षको चैतमा नवीकरण गर्नुपर्ने प्रमाणपत्र अहिलेसम्म गर्न पाएका छैनन्। कर तिर्न घण्टौँ लाइन लाग्नुपर्छ। संघीयताको कार्यान्वयनसँगै यातायात कार्यालय प्रदेश सरकार मातहत रहेका छन्।

‘लकडाउन तथा निषेधाज्ञाका कारण नियमित सेवा नपाएकालाई प्रदेश सरकारले कात्तिक अन्तिमसम्म समय दिएको छ’, वागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नविन कुमार सिंहले नेपालखबरसँग भने, ‘लकडाउन र निषेधाज्ञाका बीच गर्नुपर्ने काम कात्तिक मसान्तसम्म नगरे जरिवाना लाग्छ।’

new licence line 3

उनले उपत्यकामा बारम्बार सरकारी कार्यालय बन्द गर्नुपरेकाले दशैँपछि खुलेका कार्यालयमा केही भीड भएको स्वीकार गरे। कात्तिकपछि फेरि समय थप हुन्छ वा हुँदैन अवस्था हेरेर प्रदेश सरकारले निर्णय गर्ने उनको भनाइ छ।

अनलाइनबाटै दिनसक्ने सेवा किन उपलब्ध नगराएको भन्ने नेपालखबरको प्रश्नमा प्रवक्ता सिंहले अनलाइनको लागि सिस्टम बनाउने काम भइरहेको बताए। यातायात कार्यालयले सवारी धनीको पूरै विवरण भर्नुपर्ने भएकाले तत्काल अनलाइन सेवा उपलब्ध गराउन नसकेको सिंहको भनाइ छ।

new licence line 4

लाइसेन्सको ट्रायल कहिले खुल्छ?
सवारी लाइसेन्सको व्यवस्था अहिलेसम्म संघीय सरकारले हेर्दै आएको छ। ट्रायलको परीक्षा कहिले लिने, कस्ता प्रश्न सोध्ने भन्ने यातायात व्यवस्था विभागले नै निर्धारण गरेको हुन्छ।

गत वर्ष चैत ११ देखि बन्द भएको लाइसेन्सका लागि ट्रायल अहिलेसम्म खुल्नसकेको छैन।

new licence line 5

यातायात व्यवस्था विभागले तिहारलगत्तै ट्रायल खोल्ने बताए पनि मिति भने तोक्नसकेको छैन। काठमाडौं उपत्यकामा अझै कोरोना महामारी नरोकिएकाले ट्रायल खुल्ने अनिश्चित भएको हो।

यातायात व्यवस्था विभागले लकडाउनको समयमा पुराना लाइसेन्सको छपाइको काम भने सकेको छ। तर लाइसेन्स वितरणको काम भने अझै सहज हुनसकेको छैन।

pradushan check bill payement line1
pradushan check bill payement line2
pradushan check bill payement line3

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .