ad ad

कारोबार


एनआईसी एशिया बैंकद्वारा २० प्रतिशत लाभांश प्रस्ताव

एनआईसी एशिया बैंकद्वारा २० प्रतिशत लाभांश प्रस्ताव

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार १६:१३,

एन आई सी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा मंसीर २१ गते हुने भएको छ।

बिहीबार बसेको ४६२ औं संंचालक समितिको बैठकको निर्णयअनुसार बैंकको साधारण सभा मंसीर २१ गते बिहान ९ बजे काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न हुने बैंकले जनाएको छ।

बैंकको २३ औं वार्षिक साधारण सभामा आ.व. २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात र नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका समान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची रहेको छ।

साथै गत आ.व. को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर (रू. १ अर्ब ८४ करोड ६३ लाख) र १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन-थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची समावेश गरिएको छ। वार्षिक साधारण सभालाई ध्यानमा राखी २०७७/०८/१० देखि २०७७/०८/२१ सम्म बैंकको शेयर दाखिल खारेज दर्ता बन्द रहनेछ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको सम्मान एवं परिपालना गर्दै साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुनसक्ने व्यवस्था गरिएको छ।

साधारण सभामा अनलाइन सहभागीताको लागि बैंकद्वारा शेयरधनी हरूलाई मिटिङ आईडी तथा पासवर्ड उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। उपस्थित शेयरधनीहरूले साधारण सभामा आफ्नो मन्तव्य राख्ने व्यवस्था समेत मिलाइएको छ।

यसरी साधारण सभामा सहभागी भई मन्तव्य राख्न चाहने शेयरधनीहरूले सभा सुरु हुनु भन्दा कम्तिमा ४८ घण्टा अगावै आफ्नो परिचयपत्र सहित बैंकले जारी गरेको शेयर प्रमाणपत्र/डिम्याट खाता खोलिएको प्रमाणको स्क्यान कपी समावेश गरी कम्पनी सचिवको इमेल ठेगाना मा ईमेल वा ९८५१२४५९१५ मा ह्वाट्सएप गर्नुपर्नेछ।

कोरोना भाइरसको विषम परिस्थितिकाबीच सावधानीका साथ आयोजना हुन लागेको यस साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत आफ्नो दरिलो उपस्थिति जनाई भव्य रुपमा सफल बनाउनु हुन बैंक सम्पूर्ण शेयरधनीहरूमा बैंकले आह्वान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .