ad ad

कारोबार


प्रभु बैंकले ग्राहकका लागि ल्यायो इ-केवाईसी

प्रभु बैंकले ग्राहकका लागि ल्यायो इ-केवाईसी

नेपालखबर
मंसिर ८, २०७७ सोमबार १३:१७,

प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै इ–केवाईसी सेवा सञ्चालनमा ल्याएको छ।

प्रभु बैंक लि. मा खाता खोली कारोबार गरेका सम्पूर्ण ग्राहकहरुले बैंकको वेबसाइट मा लगइन गरी अनलाइन मार्फत केवाईसी अद्यावधिक गर्ने व्यवस्था मिलाईएको छ जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता पुर्णरुपमा हटेको छ।

प्रभु बैंक लिमिटेडले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा केवाईसी सम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ र यसबाट ग्राहकहरुले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउनेछन् भन्ने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .