ad ad

कारोबार


गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दुगडले लिए सपथ

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दुगडले लिए सपथ

नेपालखबर
मंसिर ८, २०७७ सोमबार १३:३४,

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष विवेक दुगडले पद तथा गोपनियताको सपथ लिएका छन्।

दुगड़ले बीमा समितिले जारि गरेको बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिक २०७५ को दफा ३ को उपदफा (४) सम्बन्धित अनुसूची १ बमोजिम बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँ समक्ष सपथ लिएका हुन्।

कम्पनीको यही मंसिर ४ गते सम्पन्न दशौं वार्षिक साधारण सभा पछि बसेको नव निर्वाचित सञ्चालक समितिकोे १६२ औं बैठकले सर्वसम्मतिबाट अध्यक्षमा चयन गरेको थियो।

सपथ ग्रहण समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईको समेत उपस्थिती रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .