ad ad

कारोबार


माछापुच्छ्रे बैंक र विभिन्न होटलबीच ग्राहकलाई छुट दिने सम्झौता

माछापुच्छ्रे बैंक र विभिन्न होटलबीच ग्राहकलाई छुट दिने सम्झौता

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार ६:४९,

माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सी (भरतपुर, चितवन) बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले दुईवटै तारे होटलको खाना र पेय पदार्थमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा (काठमाडौँ, चितवन र पोखरा)को बसाइमा ३५ प्रतिशत तथा विशेष प्याकेजहरुमा ५ प्रतिशतसम्म छुट पाउनेछन्।

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्युआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन्।

यसैगरी माछापुच्छ«े बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै नगरकोटको प्रसिद्ध होटल क्लब हिमालयन प्रा.लि.सँग पनि सम्झौता गरेको छ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहक महानुभावहरुले क्लवहिमालयनप्रा. लि.फुड एण्ड वेभरेजमा १० प्रतिशत सम्मको छुट प्राप्तगर्न सक्नेछन्।
बैंकले देशभर रहेका विभिन्न संघ/संस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा तथा ५ शाखारहित बैंकिङ्ग समेत गरी जम्मा २९३ स्थानबाट सेवा दिँदै आएको छ। साथै, बंैकको देशभर १९८ वटा एटीएमहरु सञ्चालनमा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .