डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इङलिस सांगीतिक प्रतियोगिता द स्ट्रिङको फाइनल प्रतियोगिता हुन लागिरहेको छ।
दुई भागमा यस शो को रियालिटि टिभीमा यही मंसिर १३ र १७ गते प्रशारण हुँदैछ। १३ गते शनिबार प्रतियोगिताको प्रशारण राति ८ः३० वजे र फाइनल प्रतियोगिता १७ गते बुधबार राति ८ः३० बजे प्रशारण हुनेछ।
प्रतिस्पर्धीहरु क्रमसः शिभाना श्रेष्ठ, तुसिता मास्के, स्वर्निम श्रेष्ठ, रिया श्रेष्ठ र योगेन राईबीचको प्रतिस्पर्धाको प्रशारण रियालिटि टिभीमा हुन लागिरहेको हो। फाइनल प्रतियोगिता पुगेका प्रतिस्पर्धीबीचको सांगीतिक प्रतियोगिता अब झन् उत्साहजनक र रोचक हुनेछ।
प्रतियोगिहरु मध्यबाट विजेताको छनौट निर्णायकको निर्णय र प्रतियोगिले प्राप्त गरेको भोटिङको आधारमा गरिनेछ। निर्णायकहरुमा युलिया कोइराला, पेम्बा लोप्चा र निर्भाणा चौधरी रहनेछन्। प्रतियोगिलाई भोट गर्ने तरिकाको बारेमा थप जानकारीका लागि डिसहोमको आधिकारीक फेसबुक पेजमा गएर हेर्न सकिन्छ।
डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इङलिस सांगीतिक प्रतियोगिता द स्ट्रिङसमा ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गरेका थिए। विभिन्न समयमा डिशहोमले सञ्चालन गर्ने यस्ता प्रतियोगीता मार्फत ग्राहकहरुले मनोरञ्जनका साथै आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि पाउने गरेका छन्।
७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीत मनपराउने सम्पुर्णले यस सांगीतिक प्रतियोगीता मार्फत भरपुर मनोरञ्जन लिनेछन् भन्ने डिशहोमले अपेक्षा राखेको छ।
Shares
प्रतिक्रिया