मेरिकोको एक स्थापित ब्राण्ड लिभोनकेश स्याहारको दायरामा विविध उत्पादनहरु निर्माण गर्न सफल ब्राण्ड हो रयसले प्रि–वास (क्रिमआयल), इन–वास (स्याम्पू, कण्डिसनर) र पोस्ट–वास (सिरम) जस्ता विभिन्न प्रकारका उत्पादनहरु बजारमा उपलब्ध गराएको छ।
लिभोन स्याम्पू र कण्डिसनरहरु विशेष गरेर नेपाली उपभोक्ताहरुलाई मध्यनजर राखेर तयार पारिएका छन्। सल्फेट र पाराबेनमुक्त फर्मुलेसनका यी उत्पादनहरु नेपालभर अन्य उत्पादनहरु क्रिमआयल र सिरमका साथ सुलभ मूल्यमा उपलब्ध छन् ।
लिभोन नेपालले चिरपरिचित डिपार्टमेन्ट स्टोर भाटभटेनीसँगको सहकार्यमा ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ उपभोक्ता योजना संचालन गर्दै आइरहेको छ।
जुन योजनाअन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनका उत्पादनहरु खरीद गर्ने ग्राहकहरुलाई भाग्यशाली कुपन प्रदान गर्ने गरिएको छ, जुन कुपनबाट एकजना भाग्यशाली उपभोक्तालाई प्रत्येक महिना यामाहा फेसिनो १२५ स्कूटी उपहार प्रदान गरिँदै आएको छ र यस योजनाबाट हालसम्म २ जना भाग्यशाली विजेताले उक्त स्कुटी उपहार जितिसकेका छन् भने तेस्रो स्कूटीको उपहार विजेताको चयन यसपटक पोखरामा रहेको भाटभटेनी डिपार्टमेन्ट स्टोरमा सञ्चालन गरिएको थियो।
यो योजनामा लिभोनका उपभोक्ताहरुले अत्यधिक अभिरुचीका साथ सहभागीता जनाएका छन् र आज पोखरामा आयोजित विजेता घोषणा कार्यक्रममा मिस नेपाल अर्थ २०१९ रिया बस्नेतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा उपस्थित दर्शक, ग्राहक तथा पत्रकारहरुमाझ मिस नेपाल अर्थ रिया बस्नेतले सहभागी उपभोक्ताहरुको नाम अँकित कुपनहरुमध्येबाट एकजना भाग्यशाली विजेताको कुपन चयन गरेका थिए। जस अनुसार यो तेस्रो शृँखलाको लागि ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ को यामाहा फेसिनो १२५बाइक विजेता बनेका छन्। कुपन नं ५९२२ बाट पोखरा निबासी अक्सा गुरुङ्ग।
लिभोन नेपाली युवतीहरु लक्षित उत्पादन हो, तीयुवतीहरु जो स्वाबलम्वी, महत्वाकांक्षी र स्टाइल–प्रेमी छन्। सल्फेट र पाराबेन रहित स्याम्पू र कण्डिसनरहरुका साथमा लिभोनले नेपालको केश स्याहार बजारमा छोटो अवधिमै एक भिन्नै अग्र स्थान ओगट्न सफल भएको छ । लिभोनका नयाँ केश स्याहार उत्पादनहरु आफ्ना उपभोक्ताहरुलाई ‘गूड हेयर डे, एभ्री डे’ प्रदान गर्न प्रतिबद्ध छन्।
Shares
प्रतिक्रिया