ad ad

कारोबार


ग्लोबल आइएमई बैंक र मुसिकोट तथा आठबिसकोट नगरपालिकाबीच सम्झौता

ग्लोबल आइएमई बैंक र मुसिकोट तथा आठबिसकोट नगरपालिकाबीच सम्झौता

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार १४:५८,

ग्लोबल आइएमई बैंक लिमिटेड र मुसिकोट तथा आठबिसकोट नगरपालिका (पश्चिम रुकुम) बीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता भएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतम र आठबिसकोट नगरपालिकाका प्रमुख गोरख बहादुर केसीका बीच छुट्टा छुट्टै रुपमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

नगरपालिकाले उधम व्यवसाय गर्न इच्छुक समूहलाई परामर्श तथा उधमशीलता सम्बन्धी तालिम दिनेछ। तालिम पाएका किसान वा व्यवसायीको समूह बनाएर कर्जाका लागि बैंकमा सिफारिस गर्नेछ।

नेपालको कूल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा करिब ६५ प्रतिशत जनता आश्रित रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .