ad ad

कारोबार


सिप्रदीद्वारा पोखरामा मोटरसाइकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नती

सिप्रदीद्वारा पोखरामा मोटरसाइकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नती

नेपालखबर
मंसिर २१, २०७७ आइतबार १३:१९,

नेपालको पर्यटकीयस्थल पोखराको केन्द्रबिन्दु राष्ट्रबैंक चोकमा रहेको श्रीराम मोटरसाइकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नती गरिएको छ। 

भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्घ म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रा. लि. को संयुक्त परियोजनामा म्याक सर्भमा स्तरोन्नती गरिएको हो।

म्याक सर्भको उद्घाटन कार्यक्रम भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड ल्युब्स्का कन्ट्री म्यानेजर मुकुन्द धमला, सिप्रदी ल्यब्स्का डेप्युटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठ र टु ह्वीलर एसोसिएसन पोखराका अध्यक्ष लक्ष्मण केसीको उपस्थितीमा सम्पन्न भयो।

म्याक सर्भमा ग्राहकहरुले अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्नेछन्। जहाँ म्याक ल्युब्रिकेन्टस्को प्रयोग गरि मोटरसाइकल तथा स्कुटरहरुको सर्भिसिङ सेवा प्रदान गरिनेछ। उक्त वर्कशपमा ग्राहकहरुले कुनैपनि ब्राण्डको मोटरसाइकल तथा स्कुटरहरुको सर्भिसिङ गरि उत्कृष्ट सेवा प्राप्त गर्न सक्नेछन्।

यस वर्कशपले बिभिन्न ब्राण्डका जेन्युइन पार्टपुर्जाहरु पनि उपलब्ध गराउदै आइरहेको छ। म्याक सर्भको स्तरोन्नती गरिएको अवसरमा डिसेम्बर, २०२० सम्म यस वर्कशपमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टस्मा १५ प्रतिशत, लेवर चार्जमा २० प्रतिशत र अन्य पार्टसहरुमा १० प्रतिशतसम्मको छुटको ब्यवस्था गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .