स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ९ सयले ओरालो लागेको छ।
छापावाला सुन मंगलबार प्रतितोला रु ९४ हजार ९ सयमा कारोवार भएको थियो। प्रतितोला रु ९ सयले आज ओरालो लागी रु ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुन मंगलबार प्रतितोला रु ९४ हजार ४ सयमा कारोवार भएकामा आज भने प्रतितोला रु ९३ हजार ५०० मा कारोवार हुने गरी मूल्य तोकिएको छ।
यसैगरी चाँदी प्रतितोला रु ५० ले घटेको छ। प्रतितोला रु एक हजार ३१५ मा मंगलबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको छ। रासस
प्रतिक्रिया