ad ad

राजनीति


नेतन्याहुलाई उनकै गठबन्धनले साथ नदिएपछि इजरायलको संसद विघटन, दुई वर्षमा चौथो चुनाव हुँदै

नेतन्याहुलाई उनकै गठबन्धनले साथ नदिएपछि इजरायलको संसद विघटन, दुई वर्षमा चौथो चुनाव हुँदै

नेपालखबर
पुस ८, २०७७ बुधबार ७:२१,

यससँगै दुई वर्षको अवधिमा इजरायलमा चौथो आम निर्वाचन हुने भएको छ। निर्वाचन आगामी वर्षको मार्च २३ का लागि घोषणा गरिएको छ।

बजेट पारित गराउने समय सीमासम्म बजेट पारित नभएपछि संसद विघटन भएको हो। बजेट सम्बन्धी सम्झौतामा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई उनकै गठबन्धनले साथ नदिएपछि यस्तो अवस्था सिर्जना भएको हो।

इजरायलमा ७ महिना अगाडि मात्र नयाँ सरकार बनेको थियो। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लुकुड पार्टीले ब्लु एन्ड ह्वाइट पार्टीसँग मिलेर सरकार बनाएको थियो।

नेतन्याहुका अनुसार गठबन्धनमा रहेको पार्टी सम्झौताबाट पछाडि हटेका जटिल अवस्था सिर्जना भएको हो।

नयाँ सरकार बनाउँदा नेतन्याहु र रक्षामन्त्री बेनी गान्ट्जले आलोपालो सरकार चलाउने सहमति गरेका थिए। उनीहरुबीच १८–१८ महिना सरकार चलाउने सम्झौता भएको थियो।

सन् २०२१ मा गान्ट्ज प्रधानमन्त्री बन्दै थिए। गान्ट्जले बजेट पास गर्दा सन् २०२० र २०२१ लाई समेट्ने गरी बजेट ल्याउन भनेका थिए।

यद्यपी नेतन्याहुले सन् २०२० को मात्र बजेट पास गराउन खोजेपछि गान्ट्जको पार्टीले यस विषयलाई स्वीकार गरेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .