सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो ७ वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको छ।
बैंकले बाँकेको कोहलपुर, ललितपुरको बालकुमारी, काठमाडौंको कपन, टोखा र नरेफाट, भक्तपुरको सुकुलढोका र मुस्ताङको लेतेमा शाखा विस्तार गरेको हो।
कोहलपुर शाखाको बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठबाट उद्घाटन गरिएको छ भने बाँकी स्थानमा सञ्चालक समिति सदस्हरु मुस्ताङ्ग लेते शाखाको डा. गीता प्रधान, बालकुमारी शाखाको राजेशराज दली, कपन शाखाको अभिषेक बज्राचार्य, नरेफाट शाखाको महेश कुमार अग्रवाल, सुकुलढोका शाखाको सुनीलकुमार न्यौपाने, र टोखा शाखाको उमाकुमारी श्रेष्ठबाट भर्चुअल माध्यमबाट औपचारिक उद्घाटन भएको छ।
नयाँ शाखाहरु थपिएसँगै बैंकको शाखा सञ्जाल १२० पुगेको छ।
सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु सञ्चालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गर्दै आएको छ।
चालु आवको असोज मसान्तसम्म बैंकले कुल निक्षेप ८२.४२ अर्ब रुपैयाँ र कर्जा रकम ६६.९३ अर्ब रुपयाँ परिचालन गरी २२.०२ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएकाे छ।
अन्य जानकारीका लागि बैंकको आधिकारीक वेबसाइट तथा बैंकका शाखा कार्यलयहरुमा सम्पर्क राख्न अनुरोध गरिएको छ।
प्रतिक्रिया