ad ad

कारोबार


कार्यकाल सकिनैलाग्दा चिनियाँ कम्पनीविरुद्ध ट्रम्प आक्रामक, आठ चिनियाँ एपमाथि लगाए प्रतिबन्ध

कार्यकाल सकिनैलाग्दा चिनियाँ कम्पनीविरुद्ध ट्रम्प आक्रामक, आठ चिनियाँ एपमाथि लगाए प्रतिबन्ध

नेपालखबर
पुस २२, २०७७ बुधबार १५:४०,

राष्ट्रपतीय कार्यकालको अन्तिम क्षणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि आठवटा चिनियाँ एप्लिकेसनमाथि प्रतिबन्ध लगाएका छन्।

राष्ट्रपति ट्रम्पले चर्चित भुक्तानी सेवा प्रदायक अलिपे, विच्याट पेसहितका आठ एपमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।

बीबीसीका अनुसार प्रतिबन्धमा परेकामा अलिपे, क्युक्यु वालेट र विच्याट पे विश्वका चर्चित भुक्तानी सेवाप्रदायक छन्। उक्त कार्यकारी आदेश ४५ दिनमा कार्यान्वयनमा आउनेछ।

अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा भएको आरोप लगाउँदै अमेरिकाले चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको हो। ती एपमार्फत अमेरिकी नागरिकलाई ट्रयाक गर्नसक्ने सम्भावना रहेकाले प्रतिबन्ध लगाउनुपरेको बताइएको छ।

प्रतिबन्धित सूचीमा क्युक्यु, क्यामस्क्यानर, सेयर इट, भीमेट र डब्ल्यूपीएस अफिस पनि छन्। अब ट्रम्पले सत्ता छोडेपछि यी प्रतिबन्ध लागू हुनेछन्। कार्यकारी आदेशमा भनिएको छ, ‘अमेरिकाले राष्ट्रिय सुरक्षाको रक्षा गर्न चिनियाँ सफ्टवेयर जोडिएको एप विकास गर्नेविरुद्ध सशक्त कदम चाल्नैपर्छ।’

प्रयोगकर्ताबाट चिनियाँ एपहरुले नागरिकको व्यक्तिगत डिभाइसहरु स्मार्टफोन, ट्याबलेट र कम्प्युटरबाट सूचनाहरु लिनसक्ने कार्यकारी आदेशमा भनिएको छ। राष्ट्रपतिको कार्यकालको अन्तिम क्षणमा ट्रम्पले चिनियाँ कम्पनीविरुद्ध कडा कदम चालिरहेका छन्। राष्ट्रिय सुरक्षामा दख्खल पु¥याउने आरोप लगाउँदै उनले धमाधम कालोसूचीमा ती कम्पनीहरुलाई राखिरहेका छन्।

यसअघि नै चिनियाँ सामाजिक सञ्जाल कम्पनी टिकटक, दूरसञ्चार सामग्री निर्माता हुवावे, चिपमेकर एसएमआईसी, ड्रोन उत्पादक डीजेआई टेक्नोलोजीलगायतका कम्पनीहरु कालोसूचीमा परिसकेका छन्। त्यस्तै अरु थुप्रै चिनियाँ र रुसी कम्पनीहरुलाई तिनीहरुको स्वामित्व वा नियन्त्रणमा सेनाको पहुँच रहेको भन्दै कडाइ गरिएका छन्। ती कम्पनीलाई संवेदनशील अमेरिकी वस्तु र प्रविधि किन्नबाट समेत वञ्चित गरिएको छ।

चीनले भने अमेरिकी कदमको कडा विरोध गर्दै आएको छ। अमेरिकाले लगाएको आरोपलाई उसले झूटो भन्दै आएको छ। डिसेम्बर ३१ मा न्युयोर्क स्टक एक्सचेन्जले तीन चिनियाँ दूरसञ्चार कम्पनीलाई सेयरबजारमा सूचीकरणबाट हटाउने निर्णय गरेको थियो।

ट्रम्पले नोभेम्बरमा जारी गरेको कार्यकारी आदेशअनुसार सो कदम चाले पनि दुई दिनअघि मात्रै उसले थप परामर्शपछि मात्रै निर्णय लिने भन्दै कारबाही तत्काललाई रोकेको घोषणा गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .