ad ad

कारोबार


अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले प्रार्थना सभामा लगाइन् प्रबल गुरुङले डिजाइन गरेको लङकोट

अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले प्रार्थना सभामा लगाइन् प्रबल गुरुङले डिजाइन गरेको लङकोट

नेपालखबर
माघ ९, २०७७ शुक्रबार ४:४४,

अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले शपथ ग्रहणपछिको प्रार्थना सभामा प्रबल गुरूङको डिजाइन गरेको पोसाक लगाएकी छन्।

भर्चुअल रूपमा गरिएको प्रार्थना सभामा उपराष्ट्रपति ह्यारिसले लगाएकाे लङकोट आफूले डिजाइन गरेको गुरूङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। सभामा ह्यारिसले कलेजी रङको लङकोट लगाएकी थिइन्। 

गुरूङ विश्वचर्चित फेसन डिजाइनर हुन्। उनले डिजाइन गरेका लुगा यसअघि पनि हलिउडका कलाकारदेखि अमेरिकी सेलिब्रेटीसम्मले लगाइसकेका छन्।

सिंगापुरमा जन्मिएर नेपालमा हुर्किएका गुरूङले सन् २००९ मा न्युयोर्कमा फेसन डिजाइनको काम थालेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .