ad ad

कारोबार


महिला लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग नियुक्त

महिला लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग नियुक्त

नेपालखबर
माघ १९, २०७७ सोमबार ९:६,

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ।

धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायत सेयर रजिष्ट्रेसनसँग सम्बन्धित सम्पूर्ण कार्यहरु नेपाल एसबीआई मर्चेन्टले गर्ने भएको हो।

नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्धसञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्ष गरेका हुन्।

उक्त कम्पनीको सेयर रजिष्ट्रारसम्बन्धी सेवा प्रारम्भ हुने मिति सार्वजनिक सूचनामार्फत सर्वसाधारण सेयरधनीलाई जानकारी गराइनेछ।

नेपाल एसबीआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .