ad ad

कारोबार


विश्वभरि नै कोभिड–१९ खोप पुर्‍याउन युनिसेफले १० हवाइ कम्पनीसँग सम्झौता गर्दै

विश्वभरि नै कोभिड–१९ खोप पुर्‍याउन युनिसेफले १० हवाइ कम्पनीसँग सम्झौता गर्दै

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार ९:५७,

युनिसेफले मानवीय सहायताका लागि हवाइ ढुवानी पहल सुरु गरेको छ।

कोभिड महामारीविरुद्धको लडाइँका लागि कोभिड–१९ खोपका साथै अत्यावश्यक औषधि ढुवानी गर्न वायुसेवा कम्पनीहरुले सहयोग गर्ने भएका हुन्।

आगामी दिनहरूमा आइपर्ने मानवीय तथा स्वास्थ्य संकटहरूसँग जुध्नको लागि विश्वव्यापी बन्दोबस्तीको तयारी संयन्त्रको रूपमा युनिसेफ र १० वायुसेवा कम्पनीबीच सम्झौतामा हुने भएको छ।

युनिसेफले एयर ब्रिज कार्गो, एयर फ्रान्स केएलएम, एस्ट्रल एभिएसन, ब्रसेल्स एयरलाइन्स, कार्गोलक्स, क्याथे प्यासेफिक, इमिरेट्स स्काइकार्गो, इथियोपियन एयरलाइन्स, इतिहाद एयरलाइन्स, आइएजी कार्गो, कोरियन एयर, लुफ्थान्सा कार्गो, कतार एयरवेज, सउदिया, सिंगापुर एयरलाइन्स लिमिटेड र युनाइटेड एयरलाइन्ससँग सम्झौता गर्दै छ।

‘कोल्ड चेनयुक्त भण्डारणसहित छोटो अवधिमै धेरै परिमाण विश्वका विभिन्न स्थानहरूमा पुर्याउनुपर्ने गरी यस जीवन रक्षक खोपको ढुवानी कार्य आफैंमा एउटा विशाल एवं जटिल प्रकृया हो’, युनिसेफको आपूर्ति महाशाखाका निर्देशक एत्लेभा कादिलिले भने, ‘कोभिड–१९ खोपको वितरणको लागि युनिसेफको पहलमा मानवीय सहयोगका लागि हवाइ ढुवानी पहलमा साथ दिएकोमा हामी यी वायुसेवा कम्पनीहरूप्रति कृतज्ञ छौँ।’

विश्वभरि नै न्यायोचित रूपमा कोभिड–१९ खोप वितरण गर्ने लक्ष्यका साथ हवाइ ढुवानी अभियानमा संलग्न हुने वायुसेवा कम्पनीहरूले विश्वका सयभन्दा बढी देश समेट्ने विभिन्न रूटहरूमा खोप पुर्याउनेछन्।

कोभ्याक्स पहिलो चरणको अनुमानित वितरण योजनामा समावेश गरिएका १४५ देशलाई त्यहाँ बसोबास गर्ने औसतमा ३ प्रतिशत जनसंख्यालाई लगाउन पुग्ने गरि खोप वितरण गरिने युनिसेफले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .