ad ad

राजनीति


प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार ९:४८,

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुख (गभर्नर)मा रौतहट जिल्लाका राजेश झालाई नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले आज शुक्रबार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम उनलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपतिले आजै शुक्रबार सो प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी थिइन्।

राष्ट्रपति कार्यालयले झाको जिल्लाबाहेक अन्य विवरण दिएको छैन।

राजेश अहिराजले चर्चित राजेश झालाई नै सो पदमा नियुक्त गरिएको बताइएको छ।

राजेश अहिराजका नामले चिनिने मधेश अध्येता राजेश झाले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन्।

झालाई सम्पर्क गरी सोध्दा उनले नियुक्तिबारे औपचारिकरुपमा पुष्टि हुन बाँकी रहेको जनाए।

उनले अहिले आफू बालुवाटार प्रधानमन्त्री कार्यालय जाँदै गरेको बताए।

पछिल्लो समय उनी प्रधानमन्त्री ओलीको पक्षमा बहसमा सहभागी हुने गरेका छन्।

यो पनि: 
प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार राष्ट्रपतिद्वारा बर्खास्त

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .