पाकिस्तान सरकारको ऋण ११ प्रतिशतले बढेको छ।
संघीय सरकारको कुल ऋण पछिल्लो समय बढेर गत जनवरी मसान्तसम्म तीन सय ६५ खर्ब ३७ अर्ब पाकिस्तानी रुपैयाँ पुगेको पाकिस्तानी अनलाइन डनले जनाएको छ।
गत वर्षको सोही अवधिमा तीन सय २९ खर्ब ९७ अर्ब रुपैयाँ थियो ।
गत शुक्रबार पाकिस्तानको केन्द्रीय बैंकले यससम्बन्धी तथ्यांक सार्वजनिक गरेको हो । त्यस्तै सरकारको आन्तरिक ऋण पनि बढेर दुई सय ४५ खर्ब रुपैयाँ पुगेको छ ।
यो सन् २०२०/२०२१ को पहिलो सात महिनाको आँँकडा हो । अघिल्लो वर्ष सोही अवधिमा यस्तो ऋण दुई सय १७ खर्ब रुपैयाँ थियो । यो भनेको १२.४ प्रतिशतको वृद्धि हो । केन्द्र सरकारको बाह्य ऋण जनवरी अन्तसम्म एक सय २० खर्ब छ ।
अघिल्लो वर्ष यस्तो ऋण एक सय १२ खर्ब रुपैयाँ थियो । यो भनेको ७।४२ प्रतिशतले बढेको हो । ताजा तथ्यांकअनुसार दीर्घकालीन प्रकृतिको आन्तरिक ऋण १५.६३ प्रतिशतले बढेर एक सय ९३ खर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो ऋण एक सय ६७ खर्ब रुपैयाँ थियो ।
Shares
प्रतिक्रिया