नेपाली पहिचान बोकेका स्थानीय उत्पादनको विश्व बजारको पहुँच घट्दै गएको छ।
मुलुकको तल्लो तहसम्म रोजगारी र आर्थिक क्रियाकलापमा सहयोग गरेका त्यस्ता उत्पादनको निर्यात घट्दा घरेलु तथा साना उद्योगी व्यवसायी मारमा परेका छन्।
एक वर्षदेखि कोरोना संकट भोगिरहेको व्यवसायलाई सरकारले निकासीको रणनीति र पहलमा जोड नदिँदा वस्तुको उत्पादन खस्किँदै गएको छ।
नेपाली स्थानीय बजारमा उत्पादन हुने सामानमध्ये हेन्डीक्राफ्ट, तामाबाट बनेका सामानहरुको निर्यातमा भारी गिरावट आएको छ। मुलुकभरमा घरेलु व्यवसाय तथा सानो लगानीमा उत्पादन भइरहेका पेन्टिङ, मूर्ति, हेन्डीक्राफ्टका विभिन्न उत्पादनहरुको निकासीमा यस वर्ष ३०.५८ प्रतिशतले कमी आएको छ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार गत वर्षको पहिलो सात महिनामा ४८ करोड ८६ लाख रुपैयाँको निकासी भएकोमा यस वर्षको सोही अवधिमा ३३ करोड ९२ लाख रुपैयाँको मात्र निर्यात भएको छ।
घरेलु व्यवसाय तथा साना लागनीकर्ताले उत्पादन गर्ने यस्ता सामानको कमी आउँदा स्थानीय बजार व्यवसाय ‘कन्फिडेन्ड’ गुम्दै गएको व्यवसायी बताउँछन्।
त्यस्तै तामा र यसबाट बनेका नेपाली सामग्रीको माग पनि राम्रो भइरहेको बेला पछिल्लो केही महिनादेखि भने निकासीमा गिरावट आएको छ। सात महिनाको अवधिमा झन्डै ४० प्रतिशतले कमी आउँदै ३३ करोडको निर्यात भएको छ। जब कि गत वर्षको सोही अवधिमा ५४ करोड ६३ लाख रुपैयाँको निर्यात भएको थियो।
त्यस्तै चालु आवमा निकासीमा धेरै गिरावट आएको वस्तुमा दाल पनि छ। सात महिनाको अवधिमा ६८.४८ प्रतिशतले स्थानीय बजारमा उत्पादन भएको दालको निकासमिा कमी आएको छ। गत वर्षको पहिलो सात महिनामा ८५ करोड ६९ लाख रुपैयाँको निर्यात भएको दाल यसपाली २७ करोडको मात्र गएको छ।
त्यसैगरी, अदुवा, कटनका मोजा र झोलाको निर्यातमा पनि कमी आएको छ।
एक समय सबैभन्दा धेरै निर्यात हुने वस्तुमा परेको पामओइलको निकासीमा शत् प्रतिशतले कमी आएको छ। गत वर्षको सात महिनामा १३ अर्ब ८९ करोडको निर्यात भएको पाम तेल यसपालीको साढे चार लाख निर्यात भएको छ।
नेपाली धागोको निर्यात पनि घटेको छ। पोलिस्टर, कटन लगायतका अन्य धागो यसमा पर्छन्। चालु आर्थिक वर्षको ७ महिनामा धागोको निर्यात १२ प्रतिशतले घटेको छ। गत वर्षको पहिलो सात महिनामा ५ अर्ब १६ करोडभन्दा धेरैको निर्यात भएको यार्न चालु आवको सोही अवधिमा ४ अर्ब ५४ करोडको निर्यात भएको छ। यो नेपालबाट निर्यात हुने मुख्य वस्तुमा दोस्रोमा पर्छ। जसले कुल निर्यातको ५।५० प्रतिशत हिस्सा ओगटेको छ।
नेपालका परिचय बनाएको र धेरै पहिलादेखि निर्यात हुँदै आएको उलन कार्पेटको निर्यातमा पनि ह्रास आएको छ। सात यस वर्षको सात महिनामा २।४७ प्रतिशतले घट्दै सात यस अवधिमा ४ अर्ब १७ करोड रुपैयाँको निर्यात भएको छ।
कुनै बेला उच्च निर्यातमा पुगेको नेपालको गर्मेन्ट क्षेत्र पनि विस्तारै खस्किँदै गएको छ। गत वर्षको पहिलो सात महिनामा झन्डं ३ अर्ब ७२ करोडको निर्यात भएको तयारी गार्मेट यस वर्ष ३ अर्ब ३९ करोडको मात्र निर्यात हुँदै झन्डै ९ प्रतिशतले घटेको छ। त्यसैगरी टेक्सटायल ९कपडा० र जुसको निर्यात पनि घटेको छ।
नेपालबाट निर्यात हुने आइरन स्टिलका उत्पादनहरु पनि निकासीमा कमी आउन थालेको छ। गत वर्षको तुलनमा यस सात महिनामा १९ प्रतिशतले आइरन र स्टिलका उत्पादनहरुको निर्यातमा कमी आएको छ। गत वर्षभरीमा २ अर्ब ९२ करोडभन्दा धेरैको निर्यात भएको आइरन स्टिलका सामान यो वर्षको सात महिनामा १ अर्ब ५५ करोडको मात्र निर्यात भएको छ।
नेपालमा निर्यात हुने वस्तुमा नेपाली जुत्ताचप्पलहरु पनि छन्। भारतीय र कतिपय अन्य देशमा पनि राम्रो बजार लिइरहेका नेपाली जुत्ताचप्पलको निकासी ८।४६ प्रतिशतले घटेको छ। गत वर्षको सात महिनामा ७ महिनामा ६७ करोड ३७ लाख रुपैयाँभन्दा धेरैको निर्यात भएकोमा यस वर्षको सोही अवधिमा ६१ करोड ६७ लाखको मात्र निर्यात भएको छ। नेपालमा उत्पादन हुने गोल्डस्टरलगायतका केही जुत्ता विदेशमा निर्यात हुँदै आएका छन्।
त्यस्तै नेपाली स्थानीय बजारमा उत्पादन भएर विश्व बजारमा पुगेको वस्तु हो रोजिन एन्ड रिसाइट एसिड अर्थात् खोँटो। यस वर्ष खोँटोको निकासीमा १३ प्रतिशतले कमी आएको छ। गत वर्षको सात महिनामा ५८ करोडको निर्यात भएकोमा यस वर्षको सोही अवधिमा ५० करोडको निर्यात भएको छ।
प्रतिक्रिया