ad ad

कारोबार


संसदीय समिति माथिल्लो तामाकोशी अनुगमनमा

संसदीय समिति माथिल्लो तामाकोशी अनुगमनमा

नेपालखबर
चैत १२, २०७७ बिहिबार १०:३६,

प्रतिनिधिसभाकाे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गर्ने भएको छ।

समितिका सभापति पूर्णाकुमारी सुवेदीका अध्यक्षतामा आज भएको समितिको बैठकले सभापति सुवेदीका संयोजकत्वमा ११ सदस्यीय अनुगमन टोली गठन गरेको छ।

यही चैत १४ देखि १७ गतेसम्म स्थलगत अनुगमन गर्ने संसदीय टोलीले आयोजनाको प्रारम्भ, सम्पन्न हुनुपर्ने समय, प्रस्तावित लागत, हालसम्म भएको खर्चलगायत आयोजनाको व्यवस्थापकीय पक्षबारे जानकारी लिनाका साथै सरोकार पक्षसँग छलफल गरी समितिसमक्ष प्रतिवेदन पेश गर्ने कार्यादेश पाएको छ।

आजैको बैठकले भूमिसम्बन्धी समस्या समाधान आयोगको कामको अनुगमन गर्न समिति सदस्य राजबहादुर बुढा क्षेत्रीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति पनि गठन गरेको छ। उपसमितिको कार्यावधि आयोगको समयावधिभर हुने गरी निर्धारण गरिएको छ।

त्यसअघि आयोगका कामकारवाहीबारे समितिका सदस्य क्षेत्री, घनश्याम खतिवडा, दलबहादुर राना, राधा ज्ञवाली र सत्यनारायण शर्मा खनालले मन्तव्य व्यक्त गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .