अर्थ मन्त्रालयले अगामी आर्थिक वर्ष २०७८/०७९को लागि बजेट कार्यक्रमको लागि सुझाव माग गरेको छ।
मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमासम्बन्धी कार्य प्रारम्भ भइसकेको जनाउँदै आवश्यक सुझाव माग गरेको हो।
बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा आफ्ना अमूल्य सुझावहरु २०७८ वैशाख ५ गतेसम्म उपलब्ध गराइदिन विभिन्न संघ, संस्था, वुद्धिजिवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत तथा आम नागरिकहरुमा अनुरोध गरेको हो।
मन्त्रालयको वेबसाइट (www.mof.gov.np) तथा इमेल ([email protected]) बाटै सुझाव दिन सकिने अर्थ मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया