ad ad

कारोबार


काठमाडौंवासीका धारामा मेलम्चीको पानी, पहिलो चरणमा छोडियो ४ करोड लिटर

काठमाडौंवासीका धारामा मेलम्चीको पानी, पहिलो चरणमा छोडियो ४ करोड लिटर

वसन्त अर्याल
चैत १५, २०७७ आइतबार ८:५१,

उपत्यकाबासीको मेलम्चीको पानी काठमाडौं ल्याउने तीन दशकदेखिको सपना आज बल्ल पूरा भएको छ।

आइतबार चाबहिल चुच्चेपाटीस्थित महांकाल चौरमा रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को ट्यांकीबाट पहिलो चरणमा ४ करोड लिटर पानी छोडिएको हो।

आज छोडिएको पानी महांकाल, अनामनगर, मीनभवन र खुमलटार क्षेत्रमा वितरण हुने केयूकेएलका कार्यकारी निर्देशक मिलन शाक्यले जानकारी दिए।

आजको काम सफल भए दोस्रो चरणमा बालाजु क्षेत्रमा ६.५ करोड लिटर पानी छोडिने योजना केयूकेएलको छ।

melamchi pani dharama4

त्यो पनि सफल भए तेस्रो चरणमा महाराजगञ्जलगायतका क्षेत्रमा ८.५ करोड लिटर पानी छोडिनेछ।

भनेअनुसार काममा सफलता मिले कुल १७ करोड लिटर मेलम्चीको पानी उपत्यकाबासीको धारामा आउनेछ।

निर्देशक शाक्यले मेलम्चीको पानीको सपना पूरा भएको जानकारी दिए।

उनले दक्षिण एसियामै एउटा उपत्यकाबाट अर्को उपत्यकामा पानी यसरी सुरुंगबाट ल्याएको पहिलो आयोजना भएको दाबी गरे।

melamchi pani dharama5

केयूकेएलका ग्राहक २ लाख ३० हजार जना अर्थात् यो संख्यामा धाराहरु छन्। एउटा धाराबराबर कम्तीमा १० जना लाभान्वित हुने केयूकेएलको भनाइ छ।

अहिले तत्कालै चाहेर पनि चौबीसै घण्टा पानी पुर्याउन नसक्ने शाक्यले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .