ad ad

कारोबार


शाओमीद्वारा नेपालमा स्मार्ट टीभी र इको सिस्टमको अनावरण

शाओमीद्वारा नेपालमा स्मार्ट टीभी र इको सिस्टमको अनावरण

नेपालखबर
चैत १७, २०७७ मंगलबार १२:३४,

शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा आफ्नो उत्पादन श्रेणीमा अर्को थप उत्पादनको घोषणा गरेको छ। यससँग ब्रान्डले सामान र इकोसिस्टममा अझ सामानहरु ल्याउने योजना बनाएको छ।

मी टिभी ४एक्स ६५ इन्च
आफ्नो स्मार्ट टिभीहरुको पार्टफोलियो विस्तार गर्दै शाओमीले नेपालमा नयाँ मी टीभी ४ एक्स ६५ इन्च मोडल भित्राएको छ। यस मोडलमा ६५ इन्च ४के डिस्प्ले एच.डी.आर छ र यो टीभी इन–हाउस एन्ड्रोइड आधारित प्याचवाल यु.आइ को साथ उपलब्ध छ।

शाओमी मी टीभी ४ एक्स ६५ इन्च क्वाड–कोर अमलोगिक कोर्टेक्स ए ५३ चिपसेट द्वारा सञ्चालित छ र यसमा माली जी.पी.यू, २ जी.बी र्याम र १ जी.बी इन्टरनल स्टोरेज साथमा छ।

मी ४ ए ४३ इन्च होराइजन एडिसन
नामले भने गरे बमोजिम शाओमी मी ४ ए ४३ इन्च होराइजन एडिसन म्ीटि.भी ४ ए को एक संस्करण हो जसलाई शाओमीले ‘होराइजन डिस्प्ले’को अर्थ दिएको छ अर्थात् यसमा स्लिम बोर्डरहरु छन्।

मी ४ ए ४३ इन्च होराइजन एडिसनको स्क्रीनकाे शीर्ष, बायाँ र दायाँमा वास्तवमै धेरै पातलो प्लास्टिक बोर्डरहरु छन्। डिजाईनको ठूलो फाइदा भनेको ठाउँ प्रतिबन्धको साथ खरीददारहरुले आफूले सम्भवतः सोचेको भन्दा ठूलो स्व्रmीन पाउँन सक्छन्। तलको मध्यम भागतिर मीको एउटा सानो लोगो छ। स्ट्यान्डबाइ लाइटको लागि सानो मोड्युलको साथ, आइ.आर रिसीभर र यसको ठीक तल पावर बटन राखिएको छ। टिभी ज्यादै मोटो छैन र बेस स्ट्यान्ड बिना मात्र ६.६ केजी तौलको छ।

मी टिभी ४ ए ४०
अब समय आएको छ मी टिभी ४ ए ४० का साथ तपाईँको बैठक कोठालाई मनोरञ्जनको लागि सही उपयोग गर्ने। मी टिभी ४ ए ४० को पूर्ण एच.डी डिस्प्लेले चमकदार रंगको गुणस्तर र क्रिप्स डिटेल प्रदान गर्दछ जसले प्रत्येक दृश्यलाई ठूलो बनाउँछ। २० वाट स्पिकरहरु डीटीएस–एचडी टेक्नोलोजीसँग यो सुसज्जित छ जसले स्पष्ट ध्वनि प्रदान गर्दछ। मनोरञ्जन प्याच वालसँग झनै थप मनोरञ्जन प्रदान हुन्छ जसमा ७००,००० घण्टा भन्दा बढीको सुविधा उपलब्ध छ।

मी टिभी ४ ए ४० टिभीलाई वास्तवमै स्मार्ट बनाउने भनेको यसमा थप गरिएको एन्ड्रोइड टिभी र गुगल एसिस्ट्यान्ट हो जसले तपाईँलाई कन्टेन्ट प्ले गर्न अनुमीत दिन्छ, उत्तरहरु फेला पार्न मदत गर्छ र अन्य विभिन्न कार्यमा पनि यसको उपयोग गर्न सकिन्छ।

साथै डेटा सेभर मोड जसले तपाईँलाई ३ गुना बढी भिडियो कन्टेन्टहरु स्ट्रिम गर्न अनुमीत दिन्छ, तपाईँको फोनबाट टिभीमा मिीडया हेर्न सहयोग पु¥याउँछ र तपाईँलाई सामग्री सजिलैसँग स्ट्रिम गर्न मदत पुर्‍याउँछ।

मी एलइडी टिभी ४ ए ३२
मी एलइडी टिभी ४ ए ३२ले तपाईँको घरमा पूर्ण सिनेम्यटिक अनुभव प्रदान गर्दछ। यसमा फिचर्ड पूर्ण एचडी एलइडी डिस्प्लेले स्पष्टता र रंग प्रदान गर्दछ, चमक बढाउँछ र रंगहरुको समृद्धि श्रेणी प्रदान गर्दछ। एन्ड्रोइड टिभी प्याच वाल एकृकीत भएको हुँदा बिंगी वाचर्सले मनोरञ्जन लिन पाउँछन् र सम्पूर्ण परिवार सदस्यले सात लाख घण्टा भन्दा बढी उपयोगी सामग्रीको आनन्द लिन पाउँछन्।

यसमा डुअल १० वाट स्टिरियो स्पिकर र शक्तिशाली ६४ बिट क्वाड कोर प्रोसेसर पनि रहेको छ। तपाईँले आफ्नो स्मार्टफोन वा ल्यापटपलाई सजिलै ब्लुटुथ ४.२ एलईका मार्फत जडान गर्न सक्नुहुन्छ र निर्बाध स्टोरेज र गतिको आनन्द लिन सक्नुहुन्छ किनकि यस टिभीमा १ जीबी र्याम र ८ जीबी इन्टरनल स्टोरेज उपलब्ध छ।

नेपालमा मी इको सिस्टम
शाओमीले नेपालमा आफ्नो इको सिस्टममा थप २ उत्पादन हरु थपेको छ। कम्पनीले मी पोर्टेबल ब्लुटुथ स्पिकर (१६ वाट) र म्ीबियर्ड ट्रिमर स्वदेशमा ल्याएको छ।

मी पोर्टेबल ब्लुटुथ स्पिकर (१६ वाट)
नामले जनाएझैँ मी पोर्टेबल ब्लुटुथ स्पिकर एक १६वाट स्पिकर हो जुन दुईटा ८ वाट पूर्ण रेन्ज ड्राइभरमा विभाजित छ। स्पिकरमा एन्टी–स्लिप प्याडिंगका साथ मेश–लाइक जस्तो डिजाइन छ जुन सतहमा राख्दा दुर्घटनाग्रस्तबाट बच्नको लागि बनाइएको हो।

यसमा २६०० एमएएचको ब्याट्री छ जसमा १३ घण्टाको ब्याट्री लाइफको दावी गरिएको छ। यसको आईपीएक्स७ रेटिङ्ग छ, जसको मतलब यसलाई १ मिटर पानीमा ३० मिनेट सम्म डुबाउन सकिन्छ। यो भोइस एसिस्ट्यान्ट्सहरुसँग पनि काम गर्छ र कल गर्नका लागि यसमा इन बिल्ट माइव्रmोफोन पनि रहेको छ।

मी बियर्ड ट्रिमर १ सि
मी बियर्ड ट्रिमर १सि पहिले लन्च गरिएको मोडेल भन्दा हल्का र पातलो छ। यस उपकरणमा सुधार गरिएको डिजाइनले दाह्रीको आकार दिँदा उत्तम ग्रिप र नियन्त्रण प्रदान गर्दछ। पहिला प्रयोग हुने मी बिर्यड ट्रिमरमा रहेको ४० लेन्थ सेटिन्ग्सको डायलको सट्टा विभिन्न प्रकारका स्टाइलिंगहरुको लागि २० लेन्थ सेटिन्ग्स प्रदान गरिएको छ। यो लगभग दुई घण्टामा पूर्ण चार्ज हुन्छ र यसले ६० मिनेट रन टाइम सम्म चल्छ।

यस बाहेक मी. बियर्ड ट्रिमर १सि चार्जको लागि माइक्राे–यूएसबी पोर्टको साथ आउँछ। यस उपकरणमा एलईडी इन्डीकेटर छ जसले तपाईँलाई हरेक पटक यसको स्विच अन गर्दा यसको ब्याट्री स्टेटस बारे सचेत गराउँछ। यसको ब्लेड हेड निकाल्न सकिन्छ र ब्रशको माध्यमले सजिलै यसलाई सफा गर्न सकिन्छ। यहाँ ट्रिमर भित्र ६००एमएएचको ब्याट्री छ र यो एक वर्ष वारेन्टीको साथ आउँदछ । यो एकल कालो रंग विकल्पमा मात्र उपलब्ध छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी आकर्षक टिभीहरु सार्वजनिक गर्दै नेपालको हाम्रो उत्पादन पोर्टफोलियो श्रेणीको प्रारम्भ गर्न पाउँदा निकै खुशी छौं। हाम्रो सन्तुष्टि पहिला भन्ने दर्शनका साथ हामी हरेक मी टिभी प्रयोगकर्तालाई व्यक्तिगत इन्टरफेसका साथ अद्भुत अनुभव प्रदान गर्ने आशा राख्दछौं। मी टिभीले यसको उत्कृष्ट सफ्टवेयरका साथ स्मार्ट टिभीको अर्थ परिभाषित गर्दछ र सबैको दर्शनका लागि हाम्रो नविनतामा अडिक रहन्छ। यसलाई नेपालका हाम्रा प्रयोगकर्ता र मी फ्यानले मन पराउनेछन् भन्ने आशा राखेका छौं।’

उपलब्धताः
मी टिभी ४ एक्स ६५ इन्च २०२१ संस्करण उपलब्ध हुनेछ रु एक लाख १९ हजार ९९९ रुपैयाँमा।

मी टिभी ४ ए ४३ इन्च हराइजन संस्करण उपलब्ध हुनेछ रु ४६ हजार ९९९ मा।

मी टिभी ४ ए ४० इन्च हराइजन सस्करण उपलब्ध हुनेछ रु ३७ हजार ९९९ मा।

मी एलइडी टिभी ४ ए ३२ संस्करण उपलब्ध हुनेछ रु ३४ हजार ९९९ मा।

मी पोर्टेबल ब्लुटुथ स्पिकर (१६डब्लु) उपलब्ध हुनेछ रु दुई हजार ३९९ मा।

मी बियर्ड ट्रिमर १सि उपलब्ध हुनेछ रु एक हजार ७९९ मा।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .