ad ad

कारोबार


नेपाली सेनाको ‘हिमाल सफाइ अभियान’ मा कोका-कोलाले सहयोग गर्ने

नेपाली सेनाको ‘हिमाल सफाइ अभियान’ मा कोका-कोलाले सहयोग गर्ने

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ११:२६,

कोका-कोला र हिमालयन क्लाइमेट इनीसीएटीभ (एचसीआई)ले हिमाल सफाई अभियान २०२१ को लागि नेपाली सेनासँग हातेमालो गरेको छ।

हिमालयन क्षेत्रलाई सफा राख्न शुरु गरिएको यो राष्ट्रिय सफाई कार्यक्रमको दोस्रो संस्करण हो। यो मल्टिस्टेक होल्डर कार्यक्रमले हिमालहरुलाई बचाउने, जलवायु परिवर्तनको प्रभावलाई कम गर्ने र ६ वटा चुचुरा सगरमाथा, लोत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लमलाई सफा गर्ने उद्येश्य राखेको छ।

हिमाल सफाई अभियान २०७८ का मिडिया कोअर्डिनेटर लेफ्टिनेन्ट कर्नेल दिपक भण्डारीले भने, ‘हामी खुशी छौँ कि कोका–कोलाको प्रणालीले नेपाली सेना र नेपाल सरकारले देशको गौरवशाली हिमालहरु सफा गर्नका लागि गरेको प्रयासलाई समर्थन गरिरहेको छ। हाम्रो लक्ष्य भनेको हिमालको महिमा बहाल गर्न चुचुरोबाट सकेसम्म धेरै फोहोर उठाउनु हो। थप रुपमा, हामी समुदायहरु र साझेदारहरुसँग हिमालहरु सफा राख्नको लागि जागरुकता बढाउनको लागि संलग्न छौँ किनकि हामीलाई थाहा छ व्यवहार परिवर्तन गर्न शिक्षाको कत्ति महत्वपूर्ण भूमिका हुन्छ।’

विसं २०७६ सालमा नेपाली सेनाको नेतृत्वमा कोका–कोला र धेरै सरोकारवालाहरुले सफलतापूर्वक पहिलो पटक ‘सगरमाथा हिमाल सफाई अभियान २०७६’ नामक पहिलो हिमाल सफाइ अभियान सञ्चालन गरेका थिए।

यस अभियानको माध्यमबाट सगरमाथाबाट ४८९२ किलो फोहोर र सगरमाथा बेस क्याम्पबाट ५६९४ किलो फोहोर संकलन गरिएको थियो।

बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने, ‘हिमालय क्षेत्रको चुचुरो सफा गर्ने यस जरुरी कामका लागि समान विचारधाराका साझेदारहरुलाई एकजुट गराउने नेपाली सेनाको प्रयासको हामी प्रशंसा गर्दछौँ। अनुकरणीय संयुक्त प्रयासको हिस्सा हुन पाएकोमा हामी सम्मानित छौँ। नेपालको गौरवलाई कायम राख्न सफाई अभियानको नेतृत्व लिने टोली लिडर र सदस्यहरुलाई धेरै धेरै अग्रिम शुभकामना पनि व्यक्त गर्न चाहन्छु।’

यस कार्यक्रमले विभिन्न सरकारी, गैर–नाफामुलक संस्था र निजी क्षेत्रका कम्पनीहरुको लागि वातावरणको संरक्षणमा काम गर्ने र नेपालको प्राकृतिक गौरव र सौन्दर्य संरक्षणमा साझा चासो राख्ने प्लेटफर्म स्थापना गरेको छ।

नेपालका कोका–कोला कम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हाम्रो ग्लोबल ‘वर्ल्ड विथआउट वेस्ट’ लक्ष्य भनेको सन् २०३० सम्ममा हामीले बेची सकेको हरेक बोतल रिसाइकल गर्नु हो। हामी फराकिलो सम्बोधनमा आफ्नोे भूमिका खेल्न प्रतिबद्ध छौँ। प्लास्टिक फोहोर चुनौती र हिमाली सफाई अभियान मार्फत हामी नेपाललाई स्वच्छ राख्नेछौँ भन्ने आशा राख्दछौं।’

सन् २०१८ मा कोका–कोलाले २०३० सम्ममा उत्पादन गर्ने सबै बोतल र क्यानहरुको बराबरी र रिसाइकल गर्ने उद्येश्यले विश्वव्यापी रुपमा वर्ल्ड विथआउट वेष्टको घोषणा गरेको थियो। ग्लोबल भिजनको समर्थनमा नेपालमा कोका–कोलाले धेरै रिसाइक्लिङ इनिसिएटिभहरु पहल गरिसकेको छ। आगामी दशकमा नगरमित्र, रिसाइक्लर साथी र रिफ्रेस र रिसाइकलका विभिन्न परियोजनाहरु मार्फत ‘वर्ल्ड विथआउट वेष्ट’का उद्धेश्यहरु प्राप्त गर्न कार्यहरु सञ्चालन हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .