ad ad

कारोबार


तीजको अवसरमा दुई दिने कृषि मेला हुँदै

तीजको अवसरमा दुई दिने कृषि मेला हुँदै

नेपालखबर
भदौ ४, २०७६ बुधबार ११:१६,

नेपाली महिलाहरूको महान चाड तीजको अवसरमा नेपाल चेम्बर अफ कमर्स, नेपाल महिला चेम्बरद्धारा ‘दोस्रौं तीज व्यापार मेला–२०७६’ आयोजना हुने भएको छ। राजधानीको जमलस्थित नेपाल चेम्बर अफ कमर्समा यही भदौ ६ र ७ गते २ दिनसम्म आयोजना हुने सो मेलाको तयारी पूरा भएको चेम्बरले जनाएको छ ।

हालै आयोजित तीज व्यापार मेला चेम्बरको दोस्रो पटक हो । तीजको अवसरमा आयोजना गरिने ‘दोस्रौंं तीज व्यापार मेला–२०७६’ नेपालको उल्लेखनीय नेपाल महिला चेम्बरको सक्रियतामा आयोजना गरिएको उपभोक्ता मेलाका रूपमा पनि आम जनसमुदाय सम्म समेत परिचित रहँदै आएको छ । मेलामा यो वर्ष काठमाडौंका महिलाद्वारा प्रर्बद्धित ५० फर्म/कम्पनी, संघ–संस्थाहरूको स्टलद्धारा सहभागिता हुनेछ भने ५० हजारभन्दा बढी मानिसले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

यो मेलामा महिला उद्यमी व्यवसायीहरूले आफ्ना सिर्जनात्मक उत्पादन र सेवा मार्फत प्रदर्शन गर्ने उद्देश्यले गत वर्षदेखि आयोजना गरिँदै आएको हो। यो मेलाले हस्तकला सामाग्री, स्थानीय उत्पादनमा आधारित प्रारङ्गारिक मलद्धारा तयार हुने जैविक खाद्य वस्तु ९अर्गानिक० व्यवसायीकरण गर्ने मात्र नभई महिला उद्यमीहरूलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुँदै नेपाल पर्यटन वर्ष २०२० सफल पार्ने वातावरण तयार पार्ने लक्ष्य लिएको नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले जानकारी दिए। उनले यसपालि अर्गानिक व्यापार मेलाका रूपमा यसलाई अगाडि बढाइएको बताए।

महिला चेम्बर अध्यक्ष श्रेष्ठले तीज मेला केबल मेलाको रुपमा मात्र नभई महिलाहरूलाई व्यावसायिक बनाउने र अवसर नपाएका महिला उद्यमीहरूलाई प्रवर्द्धन गर्ने माध्यम भएको दाबी गरे। ‘तीज मेला अर्गानिक व्यापार मेलाको तयारी र प्रवद्र्घन व्यापक रूपमा हुँदैछ । कतिपय महिला उद्यमीले त यो मेलामार्फत नै आफैं पर्यटन वर्ष २०२० सफल पार्न सामान बाहिर पठाएर नेपाली वस्तु लिनकै लागि नेपाल आउने व्यवस्था गर्ने विस्वास छ । त्यसैकारण यो मेलालाई हामीले गत वर्षदेखि निरन्तरता दिन सकेका हौं’, श्रेठले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .