ad ad

कारोबार


‘किन्निहो डटकम’ इकमर्स वेवसाइट सुभारम्भ, सबै सामान एकै ठाउँमा

‘किन्निहो डटकम’ इकमर्स वेवसाइट सुभारम्भ, सबै सामान एकै ठाउँमा

नेपालखबर
असार २, २०७८ बुधबार ११:४२,

दैनिकरुपमा प्रयोग हुने सम्पूर्ण सामानहरू भरपर्दो र विश्वासिलो माध्यमबाट एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले नयाँ इकमर्श वेवसाइट किन्निहो डटकम (kinniho.com) सुरु भएको छ।

कोरोना महामारीबीच बढ्दै गएको इ–कमर्श व्यवसायमा सबै किसिमका ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि नयाँ इकमर्श वेवसाइट सुरु गरेको कम्पनीले जनाएको छ।

कम्पनीले आफ्नो वेवसाइटमा सबै प्रकारका ल्यापटप, मोबाइललगायतका इलेक्ट्रोनिक्स, स्टेशनरी र अफिस सप्लाई, सौन्दर्य, खेल तथा मनोरन्जनसम्बन्धी सामग्रीहरु उपलब्ध गराएको छ भने आफ्नै मार्ट पनि सुचारु गरेको छ।

किन्निहोले ग्राहक सेवालाई मध्यनजर गर्दै सबै किसिमका सामानहरु सुपथ मूल्यमा उपलब्ध गराउनुका साथै सुचारु भएको एक महिनासम्म फ्री डेलिभरी सेवा पनि प्रदान गर्ने कम्पनीका सीईओ नरेश पोखरेलले बताए।

उनले नयाँ वेवसाइटमा सबै किसिमका पेमेन्ट गेटवेहरुबाट अनलाइन पेमेन्ट गर्न सकिने र विदेशमा समेत डेलिभरी दिइने बताए।

कम्पनीले विगत एक दशकदेखि न्यू मुक्तिनाथ ट्रेडर्स एण्ड सप्लायर्सको नामबाट थोक तथा खुद्रा व्यवसायको रुपमा कागज तथा पब्लिकेशनका लागि चाहिने सम्पूर्ण सामान विक्री वितरण गर्नुका साथै घरायसी सामान, किचनवेयर, ईलोक्ट्रोनिक सामान तथा अन्य वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .