ad ad

समाज


दुब्लो हुँदैछन् किम जोङ उन, २० केजी वजन घटाए!

दुब्लो हुँदैछन् किम जोङ उन, २० केजी वजन घटाए!

नेपालखबर
असार २, २०७८ बुधबार ११:२३,

महिनौं सार्वजनिक कार्यक्रममा नदेखिएपछि गतवर्ष त किमको निधन भएको खबर आएको थियो।

उनी मदिरा तथा चुरोटको पारखी मानिन्छन्। सँगै उनको बढ्नो वजनका कारण उनी गम्भीर विरामी परेको खबरहरु आएका थिए।

उनका बहिनी किम यो जोङ देशको पहिलो महिला शासक बन्ने भनेर हल्ला चलिसकेका थिए। तर लामो समयपछि जब उनी सार्वजनिक कार्यक्रममा उपस्थित भए सबैको भ्रम तोडियो।

मोटोपन शारीरिक अस्वस्थताको एक कारण हो। किम पनि मोटा व्यक्ति हुन्।

तर पछिल्लोपटक सार्वजनिक भएका तस्बिरहरुमा किम गत वर्षभन्दा तुलनात्मक रुपमा दुब्लाउँदै गएको देखिएको छ।

३७ वर्षका किमले पछिल्लो समय आफ्नो शरीर घटाएको खबरहरु आएका छन्। सार्वजनिक भएका तस्बिरमा पनि उनी दुब्लो भएको देख्न सकिन्छ।

खबरका अनुसार ५ फिट ८ इन्च अग्ला किम पहिले १४० केजीका थिए। यतिबेला उनले १० देखि २० केजी वजन घटाइसकेका छन्।

दक्षिण कोरियाको राजधानी सोलस्थित कोरिया इन्स्टिट्युट अफ नेसनल युनिफिकेसनका वरिष्ठ विश्लेषक होङ्ग मिनका अनुसार किमको वजन पहिलेभन्दा घटेको देखिएको छ।

उनको स्वास्थ्य पनि राम्रो भएको उनको भनाइ छ। यस विषयमा उनी भन्छन्,‘यदी स्वस्थ्य नभएको भए उनले वर्कर्स पार्टीको केन्द्रीय समितिको वैठक बोलाउँदैन थिए।’

Has Kim Jong-un lost weight? How his IWC watch strap offers telling clues  about the North Korean leader's health (and waistline) | South China  Morning Post

No description available.

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .