ad ad

कारोबार


सडक दस्तुरै नतिरी ३ पांग्रे विद्युतीय सवारी आयात, ३ करोड असुल्न ताकेता

सडक दस्तुरै नतिरी ३ पांग्रे विद्युतीय सवारी आयात, ३ करोड असुल्न ताकेता

नेपालखबर
असार ३०, २०७९ बिहिबार १२:९, काठमाडौँ

अटो मोबाइल व्यवसायीले ३ पांग्रे विद्युतीय सवारी आयात गर्दा सडक निर्माण दस्तुर विनै आयात गरेको पाइएको छ। 

महालेखा परीक्षकको ५९औँ प्रतिवेदनमा करिब ३ करोड रुपैयाँ दस्तुर असुल गर्नुपर्ने औंलाएको हो।

सवारी तथा ढुवानीका साधन पैठारी हुँदाका बखत भन्सार विन्दुमा तोकिएको दरमा सडक निर्माण दस्तुर लिई जाँचपास गर्नुपर्ने व्यवस्था भए पनि विभिन्न भन्सार कार्यालयले ३ पांग्रे विद्युतीयसँग नउठाएको प्रतिवेदनले औँल्याएको हो। 

सुक्खा बन्दरगाह भन्सार कार्यालय, वीरगन्ज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय र जलेश्वर भन्सार कार्यालयले विभिन्न पैठारीकर्ताबाट सडक निर्माण दस्तुर नलिएको प्रतिवेदनमा उल्लेख छ। 

आर्थिक ऐन २०७७ अनुसार प्रतिसवारी १३ हजार र आर्थिक ऐन २०७८ बमोजिम प्रति सवारी १० हजार सडक निर्माण दस्तुर नलिई जाँचपास गर्दा २ करोड ९८ लाख असुल गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .