ad ad

कारोबार


गाडी आयात प्रतिबन्ध लम्बिँदा नाडा अटो शो सर्नसक्ने

गाडी आयात प्रतिबन्ध लम्बिँदा नाडा अटो शो सर्नसक्ने

नेपालखबर
साउन १, २०७९ आइतबार १३:५५, काठमाडौँ

सरकारले भदौ १४ गतेसम्म गाडी आयातमा पूर्ण बन्देज लगाएसँगै नाडा अटो शो प्रभावित हुने भएको छ। 
 
नाडा अटोमोबाइल्स एसोसिएसनले अटो एक्सपो २०२२ भदौ ७ देखि १२ सम्म गर्ने निर्णय गरे पनि नयाँ गाडी ल्याउन नसक्दा अटो शो प्रभावित हुने भएको हो। 

नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष ध्रुव थापाले गाडी आयात लम्बिँदा नाडा अटो शो गर्ने नगर्ने विषयमा २–३ दिनभित्र टुंगो लाग्ने बताए। 

‘सरकारले अहिले भदौ १४ गतेसम्म प्रतिबन्ध लगाउने घोषणा गरेको छ। नाडा अटो सो ७ देखि १२ गतेसम्म रहेको छ,’ थापाले भने, ‘नाडा अटो शोका लागि धरौटीमा गाडी ल्याउन सकिन्छ। तर अटो शोमा बुकिङ भएका गाडी कहिलेसम्म डेलिभरी गर्न सक्छौँ त?’

उनले अटो शोमा बुकिङ भएका गाडी डेलिभरी दशैं तिहारसम्म गर्न नसकिने हुँदा नाडा अटो शो कहिले गर्ने भन्ने विषयमा व्यवसायीबीच छलफल आवश्यक रहेको बताए। 

‘अहिलेको अवस्थामा एलसी नखोली गाडी उत्पादक कम्पनीले गाडी बनाइदिँदैन्। हामीले एलसी खोलेपछि बनेर आउँदा ३ महिना लाग्छ’, उनले भने, ‘मंसिरअघि गाडी आउने अवस्था रहेन।’

अध्यक्ष थापाले गाडी आउने अवस्था तत्काल नभएकाले नाडा अटो शो केही समय सर्नसक्ने बताए। 

‘पहिला हामी व्यवसायीबीच छलफल गर्छौँ। नाडा अटो शो तोकिएकै समयमा गर्ने कि केही समय सार्ने त्यसपछि निर्णय हुन्छ,’ उनले भने। 

हाल २५० सीसीसम्मका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाइएकोमा १५० अब सरकारले १५० सीसीमाथिका सबै मोटरसाइकल आयातमा रोक लगाएको छ।
 
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७९ साउन १ गतेभन्दा अगाडि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेका १५० देखि २५० सीसीसम्मका मोटरसाइकल  आयात गर्न पाइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .