ad ad

कारोबार


हुन्डाई कारको टेस्ट ड्राइभ क्याम्पेन : फिफा विश्वकप लाइभ हेर्ने मौका पाइने

हुन्डाई कारको टेस्ट ड्राइभ क्याम्पेन : फिफा विश्वकप लाइभ हेर्ने मौका पाइने

नेपालखबर
साउन ३, २०७९ मंगलबार १४:२१, काठमाडौँ

कार निर्माता हुन्डाईले टेस्ट ड्राइभ क्याम्पेन सुरु गरेको छ। 

कम्पनीले फुटबल विश्वकप–२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’अभियानअन्तर्गत नयाँ अफर ल्याएको हो। 

अफरअन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि शोरुममा कुनै पनि कार टेस्ट ड्राइभ गरी फिफा विश्वकप २०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन्।

आजबाट सुरु भएको यो अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुन्डाई शोरुममा रेजिस्टर गरी सहभागी हुन सक्नेछन्। 

यो अफरको अन्त्यमा लक्की ड्रमार्फत दुई जना भाग्यशाली विजेताहरूको छनोट गरिनेछ। प्रत्येक विजेताले उपहारस्वरूप आफूलाई मन पर्ने एक जना अर्को व्यक्तिसँग कतार गई विश्वकप लाइभ हेर्न पाउनेछन्। 

यसरी जम्माजम्मी चार जना हुन्डाईको स्पन्सरसिपमा कतार जान पाउनेछन्। हुन्डाई मोटर्सको हस्पिटालिटी प्रोग्राममार्फत ल्याइएको यो अफर नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले संयोजन गरेको छ। 

अफरमार्फत कम्पनीले ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गत पर्यावरण दिगोपनको लागि हुन्डाईले गरेको प्रयासमा सबैलाई जोड्ने लक्ष्य राखेको छ। 

कम्पनीले भनेको छ, ‘साथै फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबल मार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने हेतुले पनि यो अफर ल्याएको हो।’ 

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरका १७ डिलर र १९ सर्भिस सेन्टरमार्फत आफ्नो सेवा दिइरहेको छ। इच्छुकले हुन्डाई शोरुममा गई यो अफरमा सहभागी हुनसक्ने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .