ad ad

कारोबार


ललितपुर महानगरलाई आईएमई इलेक्ट्रिकको राफ्ट इलेक्ट्रिक स्कुटर

ललितपुर महानगरलाई आईएमई इलेक्ट्रिकको राफ्ट इलेक्ट्रिक स्कुटर

नेपालखबर
साउन ६, २०७९ शुक्रबार १७:५०, काठमाडौँ

आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई इलेक्ट्रिक प्रा.लिले ललितपुर महानगरपलिका लाई ५ थान राफ्ट इलेक्ट्रिक स्कूटरहरु हस्तान्तरण गरेको छ। 

स्कूटरहरु नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुनः महानगरपलिकाले हस्तान्तरण गरेको हो।

आइएमई इलेक्ट्रिक प्रा.लि राफ्ट इेलेक्ट्रिक स्कूटरहरु नेपालको लागि आधिकारिक बिक्रेता हो। नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो। एक पटक फुल चार्जेमा १०० कि मि रेन्जसम्म  गूड्न सक्ने कम्पनीले जनाएको छ। 

अधिकतम किमि, बलियो बनावट साथै आधिक पर्फर्मेन्स दिनसक्ने भएकले सो स्कूटरहरु खरिद गरिएअको नगरपालिकाले बताएको छ।

भारतमा उत्पादित राफ्ट स्कूटर, वारिअर साथै टीस्टा, इण्डुस, नुब्रा , जिस्पा समेत नेपालमा उपलब्ध मोडलहरु हुन्। कि लेस स्टार्ट, रिमोट लक्किङ, रीवर्से गिएअर, थेफ्त अलर्म समेत रहेको छ । सेगमेटकै आधिक्तम ३२० कि मि रेन्ज दिन सक्ने स्कूटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ ।

नगरप्रमुख चिरिबाबु महर्जनले नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगर प्रहरीलाई यस स्कूटर अझ सुविधा हुने बताए।

नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने क्विक रेस्पोन्स टिमले सो स्कूटरहरुलाई प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने बताउँदै महानगरलाई धन्यवाद व्यक्त गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .