नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र काठमाडौँ काठमाडौँ इन्जिनियरिङ कलेजको संयुक्त आयोजनामा फर्मुला वान इन स्कूल्स कार्यक्रमअन्तर्गत स्कुल्स टु ट्राक कार्टिङ प्रतिस्पर्धा सम्पन्न भएको छ।
शनिबार अबेर हिमालयन मोटरल्याण्ड, धुलिखेलमा सम्पन्न कार्ट्स रेसिङ कम्पिटिसनमा कोर्निभा महर्जन विजयी भएकी छिन्।
बेस्ट ल्याप समय अनुसार विजयी निर्धारण गरिएको सो प्रतियोगितामा कोर्निभाले चौबीस दशमलव दुई तीन सेकेन्डमा ल्याप पूरा गरिन्। दोस्रो स्थान हासील गरेकी सुजाता शर्माले २५.०६ सेकेन्ड लगाएकी थिइन् भने २५.३४ सेकेन्ड लगाएर प्रशंसा सिग्देल तेस्रो भइन्। विजयी तिनै जना न्याथमको तर्फबाट कम्पिटिसनमा भाग लिएका थिए।
प्रतियोगितामा थापाथली क्याम्पस, काठमाडौँ इन्जिनीयरिङ्ग कलेज, कसमस कलेज र न्याथमका ३५ जना विद्यार्थी छात्रा प्रतिस्पर्धीको उत्साहजनक सहभागीता रहेको फर्मुला वान इन स्कूल्स नेपालका कोर्डिनेटर सुयोग खनालले बताए।
प्रतियोगिताको सुरुवातमा एफआईए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, नासा नेपालका उपाध्यक्ष सीताराम न्यौपाने र सुयोग खनालले व्यक्तित्व विकास, मोटर स्पोर्टस्, कार्टिङ र फर्मुला वानको बारेमा अभिमुखीकरण तथा तालिम प्रदान गरेका थिए।
Shares
प्रतिक्रिया