ad ad

कारोबार


टाटा नेक्सन ईभीको पहिलो वर्ष, बजार हिस्सामा अगाडि

टाटा नेक्सन ईभीको पहिलो वर्ष, बजार हिस्सामा अगाडि

नेपालखबर
साउन ११, २०७९ बुधबार १५:२५, काठमाडौँ

सिप्रदी ट्रेडिङ प्रालिले टाटा नेक्सन ईभीको नेपाली बजारमा विक्री वितरण प्रारम्भ भएको प्रथम वर्ष आज सफलतापूर्वक पूरा गरेको छ। 

ईभीको उत्पादन भारतकै विद्युतीय गाडी निर्माता टाटा मोटर्सद्वारा गरिएको हो। नेपालमा विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यले सिप्रदीले नेक्सन इभी नेपालमा ल्याएको थियो। 

एक वर्षको छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित गरेको छ। मुलुकको विद्युतीय गाडीको कुल बजारको बढी अंश नेक्सन ईभी एक्लैले ओगटेको छ।

यो उल्लेखनीय सफलताको प्रमुख कारण आकर्षक बनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून सञ्चालन खर्च, उत्कृष्ट कार्यक्षमता आदि हुन्। 

यसैगरी द्रुत चार्जिङ्ग क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषताहरुबाट यो सुसज्जित छ। ‘फास्ट चार्जिङ्ग’ र ‘स्लो चार्जिङ्ग’ दुवैको लागि चर्जिङ्ग स्टेसनको बृहत् सञ्जाल एवं अत्याधुनिक सुविधासम्पन्न सेवा केन्द्रले गर्दा पनि नेक्सन इभीले आफूलाई सर्वोत्कृष्ट साबित गर्न सक्षम भएको हो।

यो गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट इभी चर्जिङ्ग एप ‘इजी’ एप–मार्फत चार्ज गर्न सकिन्छ। यो एपको प्रयोग हाल १ हजारभन्दा बढी परिवारहरुले गरिरहेका छन्।

दक्ष कर्मचारी एवं भौतिक संशाधनहरुको प्रभावकारी परिचालन गरी सिप्रदीले नेक्सन इभीका हरेक ग्राहकहरुले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि सञ्चालन गरिरहेको छ। 

यस कम्पनीको १६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक सञ्जाल छ भने यसले हालसम्म होटेल, अस्पताल, बैंक, मल र रेस्टुरेन्टजस्ता सार्वजनिक स्थानहरुमा १२० भन्दा बढी एसी चार्जरहरु जडान गरेको छ।

नेक्सन इभीको नेपालमा विक्री वितरण भएको प्रथम वर्ष पूरा भएको अवसरमा यसको ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने कम्पनीले जनाएको छ। यस्ता कार्यक्रमहरुले उनीहरुको यस गाडीसँगको सम्बन्धलाई अझ विशेष बनाउने कम्पनीले विश्वास राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .