ad ad

कारोबार


बीवाईडीले बढायो गाडीको मूल्य, कुनको कति?

बीवाईडीले बढायो गाडीको मूल्य, कुनको कति?

नेपालखबर
साउन ११, २०७९ बुधबार १६:१२, काठमाडौँ

बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारीक वितरक साइमेक्स इंक प्रालिले गाडीको मूल्य बढाएको छ। 

कम्पनीले विगत दुई महिना अघिदेखि नै गाडीको मूल्य समायोजन गर्नुपर्ने अवस्था आएकाले मूल्यवृद्धि गर्नुपरेको जनाएको छ। 

बजारमा देखिएको समस्याको कारण मूल्य स्थिर राख्न प्रयास गरे पनि बढाउनैपर्ने अवस्था आएको कम्पनीको दाबी छ। 

‘विशेषत नेपालमा डलरको मूल्यसँग चीन लगायत तेस्रो देशबाट आउने गाडीको मूल्या प्रभावित हुने गर्छ’, कम्पनीले भनेको छ, ‘सुरुमा गाडीको मूल्य कायम गर्दा रहेको डलर मूल्य र अहिलेको अवस्थामा करिब ७ प्रतिशतको अन्तर (डलरको मूल्य महंगो) भएको कारण गाडीको मूल्य बढाउनुपरेको हो।’

त्यसैले अहिलेको अप्ठ्यारो परिस्थितिलाई ध्यानमा राख्दै डलरको कारण उत्पन्न मूल्य वृद्धि धेरै हुने भए पनि कम्पनीले बीवाइडी इ सिक्समा १ लाख ५० हजार रुपैयाँले मूल्य समायोजन गरी नयाँ मूल्य ५९ लाख रुपैयाँ कायम गरेको जनाएको छ।

साथै, एमथ्री मल्टीपर्पोज भ्यानमा १ लाख २ हजार रुपैयाँले मूल्य समायोजन गरी ४५ लाख ५२ हजार रुपैयाँ बनाइएको छ। 

मूल्यवृद्धिको विषयमा ग्राहकलाई पर्न गएको असरको विषयमा साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले कम्पनीले सन्२०२१ मा नेपालमा बीवाइडी इ सिक्स सार्वजनिक गर्दा जुन मूल्य तोकेको थियो, निरन्तर त्यसमै बिक्री गर्दै आएको बताए। 

उनले भने, ‘तर, पछिल्लो १५÷१६ महिनामा डलरको एक्सचेन्ज रेटमा ब्यापक वृद्धि भएको कारण हामीले मूल्य बढाउनुपरेको हो।’

सीईओ श्रेष्ठका अनुसार यसअघि नै बुकिङ गरेर बसेका ग्राहकले भने पुरानै मूल्यमा गाडी पाउनेछन्। इ सिक्स र एमथ्रीको बारेमा बीवाइडी इ सिक्सको नयाँ जेनेरेशन मोडल ग्राहकले निकै मन पराएका छन्। 

बीवाइडीको लेटेष्ट टेक्नोलोजीमा आधारित ब्लेड ब्याट्री यसको सबैभन्दा बलियो पक्ष हो। जुन थ्री मोडलमा पनि छ।

ब्लेड ब्याट्री सुरक्षाको हिसावले अब्बल र लब रेन्जको लागि उपयुक्त छ। इ सिक्समा कम्पनीले ७१.७ किलोवाट आवर क्षमताको ब्याट्री र ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । 

फुलचार्जमा यसको रेन्ज ५२२ किलोमिटर रहेको छ । साथै, ग्राहकले ७ किलोवाट क्षमताको एसी चार्जर पनि गाडीसँगै पाउनेछन्। पूर्णत इलेक्ट्रीक प्लेटफर्ममा तयार भएको इ सिक्स आधुनिक सुरक्षा फिचर लोडेड कार हो भने यसमा ग्राहकले प्रशस्त स्पेस पाउनेछन्।

एमथ्री ७ सिट क्षमताको गाडी हो । ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री उपलब्ध एमथ्री निकै आरमदायी भ्यान हो । एक पटकको फुल चार्जमा २७५ किलोमिटर रेन्ज प्रदान गर्ने एमथ्रीमा १०० किलोवाट आवरको मोटर दिइएको छ । यसमा पनि ७ किलोवाट क्षमताको एसी चार्जर ग्राहकले पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .