ad ad

कारोबार


अब २० प्रतिशत डाउनपेमेन्टमै टीभीएसका मोटरसाइकल किन्न पाइने

अब २० प्रतिशत डाउनपेमेन्टमै टीभीएसका मोटरसाइकल किन्न पाइने

नेपालखबर
साउन १५, २०७९ आइतबार १६:४०, काठमाडौँ

नेपालका लागि टीभीएस मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ ‘बब्बाल फाइनान्स अफर' ल्याएको छ। 

योजनाअन्तर्गत ग्राहकहरुले टीभीएस मोटरसाइकल र स्कुटर २० प्रतिशत डाउनपेमेन्ट सुविधामा अथवा न्यूनतम ईएमआई क्रमश: जुपिटरमा ३ हजार ९ सय ८ रुपैयाँ, एनटर्क स्क्वाड संस्करणमा  ५ हजार २५४ रुपैयाँ र अपाचे आरटीआर २०० फोरभीमा ६ हजार ८२२ रुपैयाँ पाउनेछन्। 

त्यसैगरी अपाचे आरटीआर २०० फोरभीको नगद खरिदमा ग्राहकहरूले टीभीएस रेसिङ ज्याकेट नि:शुल्क प्राप्त गर्न सक्नेछन्। 
त्यसका साथै कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटर एक्सचेन्ज गरी नयाँ टीभीएस खरिद गर्दा बजारकै उत्कृष्ट मूल्याङ्कनका  गराउने टीभीएस ले जनाएको छ।  

योजनाअन्तर्गत ग्राहकहरुले झन्झट मुक्त कागजात प्रक्रिया बाट टीभीएस मोटरसाइकल र स्कूटर खरिद गर्न सक्नेछन्।   

यस योजनाको सन्दर्भमा बोल्दै टीभीएसका प्रबन्धनिर्देशक दीपक रौनियारले भने, "हामी यो फाईनान्स योजनाले हाम्रा ग्राहकहरुलाई टीभीएस खरिद गर्न अझै सजिलो बनाउन खोजेका हौँ। हामी आशा गर्दछौं कि यो फाइनान्स योजनाले ग्राहकहरुलाई नयाँ टीभीएस मोटरसाइकल र स्कुटर खरिदका लागि आर्थिक भार कम गर्नेछ र हामी बजारबाट उत्कृष्ट प्रतिक्रियाको अपेक्षा गर्दछौँ।"

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टीभीएस दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो। नेपालमा १३७ बढी डिलर र २०० बढी सेवा र स्पेयर पार्ट्स स्टेशनहरू रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .