इटलेली दुईपांग्रे ब्रान्ड बेनेलीले मोटोभ्लगरहरुको भेला गरेको छ।
कम्पनीले भिडियोग्राफीबाट रचनात्मक कुरा ल्याउन क्रिएटर, मेकरको भेला आयोजना गरेको जनाएको छ।
गत शनिबार यो भेला आयोजना गरिएको थियो। ४० मोटोभ्लगर उपस्थित भएको कम्पनीले जनाएको छ।
भेलामा मोटोभ्लगरलाई सडक सुरक्षा, मोटरसाइकलको अवैध अदलबदलबारे शिक्षा दिइएको थियो भने उनीहरुले पनि यात्राका दौडान बटुलेका अनुभव आदानप्रदान गरेका थिए।
सो भेलामा बेनेलीले ७५२एस, टीएनटी६००आई, २०२एस, टीआरके२५१ र पानारिया १२५ जस्ता फ्ल्यागसिप मोडल प्रदर्शनी गरिएको थियो।
45
Shares
प्रतिक्रिया