बागमतीमा टोयोटा पेसेन्जर भेहिकल्सको क्षेत्रीय डिलर इस्टलिंक मोटर्स प्राइभेट लिमिटेडले सन् २०२१ मा भन्दा २०२२ मा सञ्चालन आय बढाएको छ।
कम्पनीले यो वर्षको सात महिनामा २ अर्ब २२ करोड १० लाख रुपैयाँ आम्दानी गरेको हो।
यस्तो आम्दानी सन् २०२१ मा १ अर्ब ३६ करोड ४० लाख, सन् २०२० मा १ अर्ब ७ करोड ८० लाख र सन् २०१९ मा १ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो।
नेपालमा टोयोटाको आधिकारिक बिक्रेता रहेको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिसँगको डिलरसिप सम्झौतामा कम्पनीले क्षेत्रीय डिलरको काम गर्दै आएको छ। यो कम्पनी सन् २००७ मा स्थापना भएको थियो।
यसको कार्यालय लैनचौरमा छ भने कम्पनीले आफ्नै स्वामित्वमा शोरुमहरु चलाउँदै आएको छ। लैनचौर, काठमाडौं र कुपण्डोलमा शोरुम रहेको कम्पनीको सेयर स्वामित्व तीन जनाको नाममा छ।
नारायण प्रसाद पौडेल, राजेन्द्र विक्रम पौडेल र डा. धनञ्जय रेग्मीले बराबर सेयर स्वामित्व लिएको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ।
Shares
प्रतिक्रिया