नेपालमा किया गाडीको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेस प्रालिले गत आर्थिक वर्षको ६ महिना (साउन-पुस) मै ६ अर्ब बढी आम्दानी गरेको छ।
रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले उक्त ६ महिनामा ६ अर्ब ६ करोड ६० लाख रुपैयाँ सञ्चालन आय गरेको हो।
सन् २०२१ मा (अघिल्लो आव) कम्पनीले १० अर्ब ९६ करोड ८० लाख रुपैयाँ कमाएको थियो। सन् २०२० मा कम्पनीले ४ अर्ब ८९ करोड र सन् २०१९ मा ५ अर्ब १६ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।
यो कम्पनी इसुजु ब्रान्डका गाडीको पनि आधिकारिक बिक्रेता हो। यसबाहेक कोमात्सु र ओकादा ब्रान्डको निर्माण सामग्री र ओटिस ब्रान्ड एलिभेटरको पनि कम्पनीले बिक्रेताको काम गर्दै आएको छ।
यसको कार्यालय काठमाडौंको मैतीदेवीमा रहेको छ। कन्टिनेन्टलका तीनवटा शोरुमहरु काठमाडौंमा र १२ वटा क्षेत्रीय डिलर रहेका छन्। जहाँ किया र इसुजुका गाडीहरु बिक्री हुन्छन्।
यो कम्पनी सन् १९९५ मा स्थापना भएको थियो।
Shares
प्रतिक्रिया