ad ad

कारोबार


धुलिखेलमा सवारी सुरक्षासम्बन्धी कार्यक्रम

धुलिखेलमा सवारी सुरक्षासम्बन्धी कार्यक्रम

नेपालखबर
साउन १९, २०७९ बिहिबार १८:३५, काठमाडौँ

नासा नेपालको सहकार्यमा धुलिखेल क्याम्पस, धुलिखेल काभ्रेमा सवारी सुरक्षा सम्बन्धी कार्यक्रम हेल्मेटस् फर लाइफ,  ओरिन्टेसन अफ सेफ्टी राइडिङ्ग कार्यक्रम आयोजना भएको छ।

करिब ५० जना दुई पाङगे्र सवारी साधन प्रयोगकर्ता सहभागी भएका सो कार्यक्रममा एफ आइ ए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले नेपालमा दुई पाङगे्र सवारी दुर्घटनाको अवस्था,  सेफ्टी राइडिङ्ग तरिका , गुणस्तरीय हेल्मेटको बनावट र महत्वको बारेमा प्रस्तुतीकरण दिनुभएको थियो।

सोहि अवसरमा आयोजना भएको स्लो बाइक राइडिङ कम्पीटिसनमा ६ जना  प्रतिस्पर्धीले भाग लिएका थिए। जसमध्ये सरोज खड्गीले प्रथम स्थान हासिल गर्दा विकास तामाङ दोस्रो भए। कार्यक्रममा नासा नेपालद्धारा बनाइएको सुरक्षित मोटरसाइकल र स्कुटर यात्राका लागी जानकारी पर्चाको वितरण गर्नुका साथै सांकेतिक रुपमा सुरक्षित हेल्मेटको वारेमा ज्ञान दिलाउनका लागि एफआईए हेल्मेट वितरण गरिएको थियो।

धुलिखेल क्याम्पसका क्याम्पस प्रमुख सागर तिवारीले सवारी सुरक्षा सम्बन्धी जनचेतनात्मक कार्यक्रमले ठुलो महत्व राख्ने बताउदै सवारी चालकले सवारी साधन चलाउदा विशेष ध्यान पु¥याएर चलाउनुपर्ने र सुरक्षित हेल्मेटको प्रयोग गर्नु पर्ने कुरा व्यक्त गरे। 

कार्यक्रममा नासा नेपालका सचिव निरज खड्का, राष्ट्रिय युवा परिषदका जिल्ला अध्यक्ष प्रकाश रोका, नासा नेपालका ब्रान्डिङ्ग अफिसर सौगात राजभण्डारी लगाएतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .