अटोवेज प्रा.लिले एक वर्षमा २ अर्बको कारोबार गरेको छ।
टोयोटा र आइचरको विक्रेताले आर्थिक वर्ष २०२१ मा ११ अर्ब ९१ करोड रुपैयाँको सञ्चालन आम्दानी गरेको हो।
२०१८ मा कम्पनीको तुलनामा कम्पनीको झण्डै १ अर्ब आम्दानी घटेको छ। आर्थिक वर्ष २०१८ मा २ अर्ब ८१ करोड रुपैयाँको आम्दानी गरेको थियो। २०१९ मा २ अर्ब ७५ करोड रुपैयाँको आम्दानी गर्दा २०२० मा ह्वात्तै घट्यो।
कोभिड माहामारीको कारण लकडाउन हुँदा व्यापारमा कमी आएको छ। २०२० मा १ अर्ब ६४ करोड रुपैयाँ बराबरका गाडी विक्री गरेको थियो।
इक्रा रेटिङ अनुसार कम्पनीले १ अर्ब ३८ करोड रुपैयाँ ऋण लिन पाउँछ। जसमा १ अर्ब १९ करोड सर्टटम लोन लिन पाउने एजेन्सीले देखाएको छ। अटोवेज गण्डकी प्रदेशको आधिकारिक विक्रेता रहेको छ।
त्यसबाहेक बुटलमा आईचरको बिक्रेता रहेको छ। नारायण प्रसाद पौडेल कम्पनीका प्रवन्धनिर्देशक हुन्।
उनले नेपालमा स्पेयरपार्ट्समा ठूला व्यवसायीका रुपमा रहेका छन्।
Shares
प्रतिक्रिया