ad ad

कारोबार


नासाको आयोजनामा महिला मोटर र्‍याली आयोजना हुँदै

नासाको आयोजनामा महिला मोटर र्‍याली आयोजना हुँदै

नेपालखबर
साउन २६, २०७९ बिहिबार १६:४२, काठमाडौँ

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)ले महिला मोटर र्‍याली आयोजना गर्ने भएको छ। 

नासाले आगामी अक्टोबर १५ (असोज २९) मा पावर टु पावर स्टिअरिङ महिला मोटर र्‍यालीको आयोजना गरेको हो। 

र्‍याली नेपाल पर्यटन बोर्ड काठमाडौंबाट सुरु भई धुलिखेलमा समापन हुनेछ। 

नासा अध्यक्ष दशरथ रिसालका अनुसार र्‍यालीमा सहभागीले उक्त गन्तव्य पुग्न चारवटा चेक प्वाइन्ट पार गर्नेछन्। समय, दूरी र गतिमा आधारित हुने र्‍यालीका सहभागीले हिमालयन मोटरल्यान्ड्मा र्‍यालीक्रस जस्तो रोमाञ्चक मोटर स्पोर्ट्सको अवसर पाउनेछन्। त्यस्तै भिन्टेज गाडीको सहभागिता समेत यसमा समावेश हुनेछ। सभागीलाई सेफ ड्राइभ र टीडीएस सिस्टमबारे अगाडि नै जानकारी गराइनेछ। 

त्यस्तै पावर स्टेरिङमा महिला हुँदा गाडीको सुरक्षा र नेतृत्वको सफलता मूल थिम रहेको इभेन्टमा बढीमा ५० वटा टिम समावेश हुनेछन्। यसका लागि १३ लाख ९० हजार अनुमानित खर्च हुनेछ। र्‍यालीक्रस इभेन्टमा विजयीले पुरस्कार समेत पाउनेछन्। 

यसमा ख्यातिप्राप्त कलाकार, खेलाडी तथा विशिष्ट व्यक्तित्वको समेत सहभागीको पहल भएको रिसालले बताए। यसमा सहभागी हुन इच्छुकले फर्म भर्नुपर्नेछ। यसमा सबै प्रकारका कार, जिप र भ्यान समेत सहभागी हुनसक्नेछन्। 

प्रत्येक टिमको जम्मा ५ हजार र थप सहभागीको २ हजार रुपैयाँ टिम दर्ता शुल्क तोकिएको छ। यो र्‍यालीलाई एडभेन्चर, थ्रिल एन्ड टुरिज्मको संयोजन पाइने आयोजकले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .