ad ad

कारोबार


टाटा नेक्सन नेपालको नम्बर १ एसयूभी

टाटा नेक्सन नेपालको नम्बर १ एसयूभी

नेपालखबर
साउन २९, २०७९ आइतबार १४:८, काठमाडौँ

भारतीय बजारमा लोकप्रिय टाटा नेक्सन नेपालमा पनि उत्तिकै लोकप्रिय देखिएको छ। 

टाटा मोटर्सको कम्प्याक्ट एसयूभी नेक्सनले नेपालमा पनि नम्बर १ को पहिचान बनाएको बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ। 

आईसी र ईभीजस्ता मोडलहरुमा उपलब्ध टाटा नेक्सनको बिक्री परिमाण सन् २०२२को सुरुवातदेखि नेपाली बजारमा उच्च रहेको कम्पनीले उल्लेख गरेको छ।

सेडान र ह्याचब्याक श्रेणीका गाडीहरु भन्दा एसयूभी बढी शक्तिशाली एवं आकर्षक हुने भएकाले यसलाई बढ्दो संख्यामा नेपाली ग्राहकहरुले रोजिरहेका छन्। फलस्वरूप यहाँ उच्चकोटीका एसयूभीको मागमा बढोत्तरी भइरहेको कम्पनीको भनाइ छ।

‘नेपाली बजारमा विभिन्न एसयूभी ब्राण्डहरु बीचको तीव्र प्रतिस्पर्धामा नेक्सन अन्य भन्दा बढी कुशल एवं विश्वसनीय सावित हुनुको पछाडि तीन महत्वपूर्ण तत्वहरु छन्’, कम्पनीले भनेको छ, ‘यी हुन् मनमोहक डिजाइन, उच्च शक्ति र विशेष सुरक्षा। यही कारण नेक्सनले धेरै भन्दा धेरै ग्राहकहरुको बदलिदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गरी उनीहरुलाई सर्वश्रेष्ठ यात्रा अनुभवको प्रत्याभूति गरिरहेको छ।’ 

यससँगै यो एसयूभीले नेपाली अटोमोबाइल बजारमा आफ्नो एक विशिष्ठ पहिचान बनाइरहेको सिप्रदी ट्रेडिङले जनाएको छ।

१२०० सीसीको रेभोट्रन पेट्रोल इन्जिन र १५०० सीसीको डिजेल इन्जिनमा उपलब्ध नेक्सनको शक्ति र क्षमता अद्वितीय छ। २०९ मिलिमिटर लामो ‘ग्राउन्ड क्लेरेन्स’सहित ६ वटा म्यानुएल र स्वचालित गियरले सुसज्जित यो चार पांग्रे नेपाली सडकमा सुहाउँदो पनि छ।

त्यसैगरी, एक वर्ष अघि सन् २०२१ जुलाईको २७ तारिखमा नेपालमा बिक्रीवितरण आरम्भ गरिएको नेक्सन ईभी (विद्युतीय  गाडी) ले विशेषतः पर्यावरणीय दृष्टिकोणले सचेत नेपाली ग्राहकहरुको मन र मष्तिस्कमा अमेट्य छाप छोड्न सफल भएको छ। यसको एक मुख्य कारण सिप्रदीले नेपालमा समग्र विद्धुतीय गाडीको पर्यावरण प्रणालीमा (इभी इको सिस्टम) पुर्याइरहेको सकारात्मक योगदान हो ।

१८ भन्दा बढी फास्ट चार्जिंग र १२० भन्दा बढी स्लो चार्जिङ सञ्जालहरुसहित यस ईभीले नेपालको सन्दर्भमा पहिलो र एक मात्र इजी चार्जिङ एपको सुविधा प्रदान गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .