ad ad

कारोबार


सुजुकीले ल्यायो स्पोर्टी स्कुटर ‘एभिनिस’, मूल्य २ लाख ९९ हजार ९००

सुजुकीले ल्यायो स्पोर्टी स्कुटर ‘एभिनिस’, मूल्य २ लाख ९९ हजार ९००

नेपालखबर
भदौ ६, २०७९ सोमबार १६:३७, काठमाडौँ

सुजुकीको स्पोर्टी एभिनिस स्कुटर सार्वजनिक भएको छ। 

सुजुकीको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सले नेपाली बजारमा नयाँ सार्वजनिक गरेको हो। 

१२५ सीसीको सुजुकी एभिनिस युवालक्षित स्कुटर रहेको कम्पनीले जनाएको छ। भिजी अटोमोबाइल्सका महाप्रबन्धक धिरज भट्टराईले नयाँ स्पोटी प्रोडक्टले नेपालमा सुजुकीको मार्केट बढाउने दाबी गरेका छन्। 

एभिनिसको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ। 

‘पछिल्लो समय नेपाली बजारमा स्कुटरको बजार ४० प्रतिशत छ’, भट्टराईले भने, ‘सहरी पूर्वाधार निर्माण भएसँगै स्कुटरको माग बढ्दो क्रममा छ।’

सुजुकी एभिनिस ४ वटा कलरमा उपलब्ध छ। स्कुटरको इन्जिन ४ स्ट्रोक, १–सिलिन्डर छ। १२४.३ क्षमताको इन्जिनले ६ हजार ७५० आरपीएममा ८.७ पीएस पावर रहेको छ। त्यस्तै ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ। स्कुटर फ्उिल इन्जिेक्सन सिस्टम छ। 

डिजिटल स्क्रिनमा मिटर, डिजिटल घडी, फ्उिल इन्डिकेटर, लुब्रिकेन्ट्स चेन्ज इन्डिकेटर, इन्जिनको तापक्राम स्किनमा हेर्न सकिन्छ। त्यस्तै स्कुटरमा ब्रेक लक सिस्टम छ। जसमा उकालो वा ओरालोमा लक लगाएसंगै ब्रेक थिचिराख्नु नपर्ने कम्पनीले जनाएको छ। 

स्कुटरको लम्बाइ १८ सय ९५ एमएम, चौडाइ ७१० एमएम, उचाइ ११ सय ७५ रहदाँ ह्विल बेस १२ सय ६५ छ। स्कुटरको ग्राउन्ड क्लियरेन्स १६० एमएम, सिट उचाई ७८० एमएम छ। 

स्कुटरको इन्धन ट्यांकी ५.२ लिटरको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .