ad ad

कारोबार


टाटा मोटर्सको दशैँमा द–सही अफर, गाडी किन्दा छानी–छानी उपहार!

टाटा मोटर्सको दशैँमा द–सही अफर, गाडी किन्दा छानी–छानी उपहार!

नेपालखबर
भदौ ७, २०७९ मंगलबार १६:२४, काठमाडौँ

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यो वर्षको दशैँलाई थप उत्साहजनक बनाउन ‘दशैँमा द–सही अफर’ ल्याएको छ।

योजनाअन्तर्गत ग्राहकहरुले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी (ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा) खरिद गर्दा टिभी, फ्रिज, वासिङ्ग मेसिन, ओभन, ल्यापटप वा मोबाइल मध्ये कुनै एक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

आफूले खरिद गरेको गाडीको सेग्मेन्ट अनुसार विभिन्न उपहार छानेर लिन सकिन्छ। साथै यसमा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र फाइनान्सजस्ता सुविधाहरु पनि रहेका छन्।

सिप्रदी ट्रेडिङ्गको कमर्सियल भेहिकल बिजनेस यूनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणी ढकालका अनुसार हरेक वर्षझैँ यसपालिको आउदो दशैँलाई लक्षित गर्दै ग्राहकहरुको तर्फबाट अफरसम्बन्धी सकारात्मक प्रतिक्रिया आएका छन्। विशेष गरी ७० प्रतिशतसम्मको फाइनान्सले सबैको हौसला बढाएको उनले जनाएका छन्।

कुन गाडीमा कुन अफर प्राप्त गर्न सकिन्छ, कहाँ कहाँ पाइन्छ आदि जस्ता विस्तृत जानकारीका लागि फेसबुक पेज टाटा मोटर्स ट्रक्स एण्ड बसेस नेपाल हेर्न सकिने वा ९८०११०७६०० मा मिसकल गर्न सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .