सरकारले गाडी आयातमा कडाइ गर्दा एकै महिनामा साढे ५ अर्बले गाडीको आयात घटेको छ।
सरकारले वैशाखयता डिजेल पेट्रोलका कार आयातमा प्रतिबन्ध लगाएसँगै गाडी आयात ह्वात्तै घटेको हो।
अघिल्लो आर्थिक वर्षको पहिलो महिना १० अर्ब १४ करोड रुपैयाँको सवारीसाधन आयात भएकोमा चालू आर्थिक वर्षको पहिलो महिना ४ अर्ब ६४ करोड रुपैयाँको मात्रै आयात भएको हो।
विद्युतीय गाडीको आयात बढेको छ। एक महिनामा २११ वटा विद्युतीय गाडी भित्रिएका छन्। अघिल्लो वर्ष साउनमा १०५ वटा मात्रै गाडी आयात भएको छ।
मोटरसाइकलको आयात पनि घटेको छ। १ महिनामा १८ हजार ७२४ मोटरसाइकल तथा स्कुटर आयात भएका छन्। अघिल्लो वर्ष ३० हजार ८२१ आयात भएका थिए।
60
Shares
प्रतिक्रिया